मधेस प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढिमाई नगरपालिका–८ मा रिक्त वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।
इन्सेक सप्तरी जिल्ला सहजकर्ता अजय परियारका अनुसार डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्ष पदको लागि निर्वाचन सुरू भएको छ । उक्त निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका निम्ति डाक्नेश्वरी नगरपालिकास्थित श्री माध्यमिक विद्यालय कबिलासा र श्री राष्ट्रिय प्राथमिक विद्यालय बलाटी गरी दुई ओटा विद्यालयमा मतदान केन्द्र रहेको छ । त्यसैगरी, डाक्नेश्वरी नगरपालिका वडा नं ४ मा रिक्त वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा पुरुष ७ सय १ जना र महिला ६ सय १८ जना गरी १ हजार ३ सय १९ जनाले मतदाताहरू रहेका छन् ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार धनुषाधाम नगरपालिका–१ मा रिक्त वडाध्यक्ष पदका लागि निवाचन सुरू भएको छ । धनुषाधाम नगरपालिका–१ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि विभिन्न पार्टीका २० जनाले मनोनयनपत्र दर्ता गराएका थिए । जसमध्ये नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोपी शाह सुँडीले नेकपा माओवादीका वडा अध्यक्षका उम्मेदवार सुनिल कुमार केबटलाई समर्थन गरेका थिए ।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित ढङ्गमा सम्पन्न गर्नका लागि धनुषाधाम नगरपालिका–१ स्थित ठाकुरप्रसाद स्मृति प्रतिष्ठान समदायिक भवन गोविन्दपुर, गाविस भवन धनुषा गोविन्दपुर र श्री माध्यमिक विद्यालय मुंगराहा गरी तीन ओटा मतदान केन्द्रहरूमा मतदान सुरु भएको छ ।
ठाकुरप्रसाद स्मृति प्रतिष्ठान समुदायिक भवन गोविन्दपुरमा १ हजार ६ सय ७२ जना मतदाताहरू रहेका छन् । बिहान सात बजेर १० मिनेटमा सुरु भएको निर्वाचनस्थलमा चार पुरुष र एक महिला गरी पाँच जना कर्मचारीहरू रहेका छन् भने नौ पुरुष र दुई महिला प्रहरी गरी ११ जना प्रहरीहरू खटिएका छन् ।
त्यसैगरी, गाविस भवन धनुषा गोविन्दपुरमा ३ सय ३५ जना मतदाताहरूले मत खसाल्ने छन् । उक्त मतदानस्थलमा पाँच जना पुरुष कर्मचारीहरू खटिएका छन् भने १२ जना पुरुष र दुई जना महिला सुरक्षाकर्मीहरू रहेका छन् निर्वाचन अधिकृत सुनिल कुमार चौहानले जानकारी दिनुभयो ।
श्री माध्यमिक विद्यालय मुंगराहा मतदान केन्द्रमा जम्मा मतदाताको सङ्ख्या ८ सय ७८ रहेको छ । सशस्त्र प्रहरीबाट ३० जना पुरुष, नेपाल प्रहरीबाट १४ जना पुरुष र दुईजना महिला सुरक्षाकर्मीहरू मतदानस्थलमा सुरक्षा दिइरहेका छन् । साथै, मतदानस्थलमा पाँच जना कर्मचारीहरू मध्ये चार जना पुरुष र एकजना महिला रहेको निर्वाचन अधिकृत डम्बर प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वर्माका अनुसार रामगोपालपुर नगरपालिका–२ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि मङ्सिर १६ गते भइरहेको उपनिर्वाचनमा १८ जनाले उम्मेदवारी दिएका थिए । रामगोपालपुर नगरपालिका–२ मा जम्मा मतदात संख्या २ हजार १४ सय १ रहेको छ । जसमध्ये पुरुष १ हजार २ सय १ र महिला ९ सय ४० रहेको छ मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो ।
इन्सेक रौतहट जिल्ला प्रतिनिधि गौरी न्यौपानेका अनुसार इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढिमाई नगरपालिका–८ को वडाध्यक्ष पदको लागि बिहान सात बजेदेखि सुरु भएको निर्वाचन स्थलको वातावरण शान्त रहेको छ । गढिमाई नगरपालिका–८ मा २ हजार ७ सय ५१ जना मतदाताहरू रेहेका छन् । राजपुर नगरपालिका–६ मा २ हजार ५ सय ४६ र इशनाथ नगरपालिका–७ मा २ हजार ७ सय ७ जना मतदातहरू रहेका छन् ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…