मधेस प्रदेशकै पहिलो बालविवाह मुक्त नगरपालिका घोषणा
सुरुङ्गा नगरपालिका मधेस प्रदेश र सप्तरी जिल्लाकै पहिलो बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य एवम् पूर्व मन्त्री तेजुलाल चौधरीले मङ्सिर १४ गते घोषणा पत्र प्रस्तुत गर्दै सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त नगर घोषणा गर्नु भएको हो ।
मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बालविवाह मुक्त वडा घोषणाको सूचक पुरा गरेकाले बालविवाह मुक्त नगर घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
मधेस प्रदेशकै पहिलो बालविवाह मुक्त नगरपालिका घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको थियो ।
घोषणा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाह मुक्त नगरपालिका घोषणाको प्रतिवेदन प्रस्तुत गर्नु भयो । प्रस्तुत गरिएको प्रतिवेदनमा नगरको ११ वटै वडामा बालविवाह मुक्त वडा घोषणा गर्ने १४ वटा सूचकहरू पूरा गरेपछि घोषणा गरिएको अधिकृत शर्माले बताउनु भयो ।
प्रतिवेदन अनुसार वि.स. २०७८ मङ्सिरदेखि २०७९ कात्तिकसम्म वडा नम्बर १ देखि ११ सम्ममा जम्मा ३ सय ३५ विवाह भएको थियो । जसमा १८ वर्ष मुनीको १ ओटा विवाह तथा २० वर्ष मुनीका १८ ओटा विवाह भएको सूचक अनुसार पाँच प्रतिशत बालविवाह देखिएको थियो । सबै वडाले ९० प्रतिशत सूचक पूरा गरेकोले घोषणा गरिएको प्रशासकीय अधिकृत शर्माले जानकारी दिनु भयो ।
सुरुङ्गा नगरपालिकाको बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका २०७९ अनुसार घरदैलो अभियानमार्फत बस्ती तथा वडाका सबै बालबालिका, किशोरकिशोरी र अभिभावकहरूलाई बालविवाहका विषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराइएको छ । बालविवाह हुन नदिन र भएमा कानुनी प्रक्रिया अवलम्बन गर्ने सहितका सूचक पूरा गरेपछि बालविवाह मुक्त घोषणा गरिएको नगर प्रमुख गिता चौधरीले बताउनु भयो ।
कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य अनिरूद्ध प्रसाद सिँह यादब, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, पूर्व नगर प्रमुख मुक्तीनाथ चौधरी, जिल्ला वन कार्यालय प्रमुख हेमन्त साह, सबल नेपालका अध्यक्ष जुना गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । यसअघि २०७६ भदौ २० गते सप्तरीको कञ्चनरुप नगरपालिका मधेस प्रदेशको पहिलो तथा नेपालको तेश्रो बालमैत्री नगरपालिका घोषणा भएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…