मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको बैठकले संविधान संशोधन मस्यौदा समिति गठन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको सङ्घीय गठबन्धनको बैठकले सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय संविधान मस्यौदा समिति गठन गरेको छ । काठमाडौँको तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा भदौ १९ गते बसेको बैठकले सो समिति गठन गरेको हो ।
समितिमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल, सङ्घीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा, सङ्घीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनलगायत सदस्य छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनका प्रतिनिधिहरू सम्मिलित समिति बनाइएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताएका छन् ।
यसैगरी बैठकले ०७३ असोज ३ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रर्दशन गर्ने र मधेस आन्दोलनका क्रममा सहिद भएकाहरूको सम्झानामा असोज ४ गते श्रद्धान्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाडौँ
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…