मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण पूर्वाञ्चलको जनजीवन प्रभावित भएको इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगरले जनाएको छ ।
मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार विराटनगर बजार तथा रङ्गेली क्षेत्र प्रभावित बढी प्रभावित भएको छ । बन्दका कारण विराटनगरमा बजार, यातायात विद्यालय पूर्ण रूपमा बन्द रहेका छन् । मोर्चाका कार्यकर्ताहरूले विराटनगर, रङ्गेली, हाटखोलालगायतका विभिन्न स्थानमा टायर बालेर यातायात अवरोध गर्नुका साथै विरोध प्रदर्शनसमेत गरेका छन् ।
सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालका अनुसार नेपाल बन्दको सुनसरीमा मिश्रित प्रभाव देखिएको छ । बन्दका कारण सुनसरीमा निजी र सार्वजनिक सवारी चल्न सकेका छैनन् । छिटफुट रूपमा मोटरसाइकल भने चलेका थिए । इटहरी, तरहरा, धरानलगायतका बजार र पसल बन्द भएनन् । दुहवी, इनरुवा क्षेत्रमा पनि बन्दको असर परेन । बन्दका कारण विद्यालय र क्याम्पसहरू फागुन २७ गते पनि ठप्प रहे । उद्योग र कलकारखानामा पनि बन्दको प्रभाव परेको छ । सुनसरीको इनरुवा, दुहवी, लौकही लगायतका ठाउँमा बन्दकर्ताहरू बाटोमा बसेका छन् । इटहरी चौकमा भने सङ्घीय समाजवादी फोरमका कार्यकर्ताहरू बसेर सवारी चल्न दिएका छैनन् ।
सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार संयुक्त मधेसी मोर्चाले फागुन २७ गत गरेको नेपाल बन्दले सिरहाको जनजीवन प्रभावित हुन पुगको छ । सिरहालगायत, लहान, मिर्चैया, गोलबजारका बजार, पसल, विद्यालय, कलकारखाना तथा सरकारी कार्यालय र यातायात ठप्प रहेका छन् । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा गन्तव्यमा जाने यात्रुहरू सास्तीमा परेका छन् । त्यसैगरी सिरहाको लहानमा मोर्चाका नेता तथा कार्यकर्ताहरूले बिहानैदेखि टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विश्वमणी पोखरेलले मोर्चाको बन्दका कारण जनजीवन ठप्प भए पनि कुनै अप्रिय घटना नभएको जानकारी दिए ।
कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा तथा सङ्घीय गठबन्धनले आह्वान गरेको नेपाल बन्दको क्रममा कपिलस्तुको जहदीमा मोर्चाका कार्यक्रताले एउटा मोटरसाइकल तोडफोड गरेका छन् । ४ नंबाट तौलिहवातर्फजाँदै गरेको लु ६ प ४१४८ न को मोटर साइकललाई बाटोमा बसेका मोर्चाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै तोडफोड गरेका हुन् । मोर्चाले दिन भर जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गर्नुको साथै सडकमा टायर बालेर सडक अवरुद्ध पारेका थिए । जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर बजार, चन्द्रौटा, जहदी पकडी महाराजगन्जलगायतका स्थानमा बिहानैदेखि विद्यालय, यातायात, बजार उद्योगधन्दा बन्द रहेका छन् ।
सङ्घीय गठबन्धनले गरेको आमहड्तालका कारण बाँके, बर्दिया र दाङ जिल्लाको जनजीवन प्रभावित भएको इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ । यसअघि मधेसी मोर्चाले गरेको बन्दका कारण फागुन २५ र २६ गते पनि बाँके, बर्दिया र दाङ जिल्ला प्रभावित बनेको थियो ।
बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार आमहड्तालका कारण बर्दिया जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । सदरमुकाम गुलरिया बजार पूर्ण रूपमा बन्द रहेको छ । साथै सदरमुकाम गुलरिया र मोहम्मदपुर गाविसका सरकारी तथा निजी विद्यालय पनि सञ्चालन भएनन । सुरक्षाका लागि प्रहरीको टोली ठाउँ ठाउँमा रहेपनि आन्दोलनकारीहरूको समूह कतै देखिएनन् ।
दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बन्दको बन्दका कारण लमही बजार खुलेको छैन भने पूर्व पश्चिम महेन्द्र राजमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन भएनन् ।
बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार बन्दका कारण जिल्लाका निजी तथा सरकारी विद्यालयमा पठनपाठन हुन सकेन ।
सुर्खेत, प्यूठान, रोल्पालगायत मध्यपश्चिमाञ्चल क्षेत्रका अन्य जिल्लामा बन्दको प्रभाव नपरेको सम्बन्धित जिल्लाका इन्सेक प्रतिनिधिले जनाएका छन् ।
महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार नेपाल बन्दको प्रभाव महोत्तरीमा न्यून देखिएको छ । बजार, कार्यालय, शिक्षण संस्थाहरू निर्वाध रूपले सञ्चालन भएका छन् भने सार्वजनिक यातायातका साधन भने सञ्चालन हुन सकेनन् ।
कास्की जिल्ला प्रतिनिधि संगीता भाटका अनुसार कास्कीमा नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ । बन्दका कारण अधिकांश पसल बन्द भएपनि निजी तथा सरकारी सवारी साधन, एम्बुलेन्स र टुरिष्ट बस निर्वाध रूपमा चलेका छन् । सार्वजनिक सवारी साधन छिटफुट रूपमा सञ्चालन भएका छन् । विद्यालयमा पठनपाठन ठप्प रहेको र बन्दका कारण कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्कबहादुर खत्रीले बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…