मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार
मधेसी मोर्चामा आवद्ध सांसदहरूले व्यवस्थापिका संसदको फागुन २७ गतेको बैठक बहिष्कार गरेका छन् ।
संसद बैठक सुरू हुनासाथ सङ्घीय समाजवादी फोरम नेपालका सांसद अशोक राईले सप्तरी घटनामा सरकारले अनावश्यक बल प्रयोग गरी नागरिकको हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गरे । सांसद राईले आफ्नो कुरा राखे लगत्तै मोर्चामा आवद्ध सांसदहरूले नारबाजी गर्दै रोष्टम घेराउ गरी संसद बैठक बहिष्कार गरेका हुन् ।
यसैगरी संसदमा बोल्दै माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले भारतीय पक्षबाट नेपालको राष्ट्रियतामाथि पटक-पटक प्रहार भएको भन्दै कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न माग गरे ।
राप्रपाकी सांसद कुन्तीकुमारी शाहीले कञ्चनपुर घटनामा कुटनीतिक दबाव दिई दोषीलाई कारबाही गर्न माग गरिन् । उनले भारतीय पक्षबाट सिमा मिचिएको र त्यहाँ बसोबास गर्ने नेपालीहरू अपमानित हुनुपरेको भन्दै भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तिको आलोचना गरिन् ।
एमाले सांसद प्रेम आलेले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोलीबाट नेपाली नागरिकको हत्या हुँदासमेत सरकार लाचार भएर बसेको आरोप लगाउँदै घटनाको छानबिन गर्न माग गरे ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले नेपाली भूमिमा प्रवेश गरी एसएसबीले नेपाली नागरिकको हत्या गर्ने कुरा सामान्य नरहेको भन्दै कञ्चनपुर घटनामा मारिएका गोविन्द गौतमलाई शहीद घोषणा गर्न माग गरे ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…