मधेसी मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी र अवरोध
मधेसी मोर्चाका कार्यकर्ताले आफूहरूको माग सम्बोधन नगरेसम्म तराई मधेसका विभिन्न जिल्लामा स्थानीय तहमा कामकाज गर्न नदिने चेतावनी दिएका छन् ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार माग सम्बोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै मधेसी मोर्चाले सिरहाका नगरपालिका र गाउँपालिकाहरूमा चैत ४ गते तालाबन्दी गरेका छन् ।
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन मधेस विरोधी भएको भन्दै मोर्चाका नेता तथा कार्यकर्ताहरूले लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकासहित जिल्लाका ११ गाँउ पालिकाको कार्यालयहरूमा कालो झण्डासहित तालाबन्दी गरेका हुन ।
मोर्चाका नेता कृष्ण बहादुर यादवले आफूहरूको मागलाई बेवास्ता गरी सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेर मधेशमा द्वन्द्व सृजना गरेको आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले मोर्चाले स्थानीय निकायहरूमा तालाबन्दी गरे पनि प्रहरीले ताला फुटाएर सुरक्षा प्रदान गरेको बताए । सो क्रममा कुनै अप्रिय घटना नभएको एसपी कोइरालाले जानकारी दिए । बिना सूचना एक्कासी कार्यालयहरूमा तालाबन्दी हुँदा कामका लागि पुगेका सेवाग्राहीहरू निरास भएर फर्किएका थिए ।
इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार स्थानीय तह कार्यन्वयन हुन नदिने जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ४ गते मोरङको धनपाल गाउँपालिका कार्यलयको बोर्ड हटाई कार्य सञ्चालनमा अवरोध गरेको छ । स्थानीय तहको निर्वाचनको केन्द्र तोक्नका लागि चैत ४ गते बोलाइएको सर्वदलीय बैठकमा पुगेका मोर्चाका कार्यकर्ताहरूले बैठकमा समेत अवरोध गरेका छन् । उनीहरूको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेको सो गाउँपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद पोखरेलले बताए ।
त्यसैगरी नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले चैत ४ गते भुजहवा, बडहरादुवौलिया, रामपुरखडौना, मनरी, सरावल र तिलकपुर गाविस गरी ६ वटा गाविस मिलाएर गठन गरिएको सरावल गाउँपालिका उद्घाटन गर्न पुगेका कर्मचारीहरूलाई गाउँपालिका उद्घाटन गर्न नदिई अवरोध गरेका छन् ।
गाउँपालिका उद्घाटन गर्ने क्रममा अवरोध गरेपछि कर्मचारी उद्घाटन नै नगरिकन फर्किएका थिए । मधेसी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले मोर्चाको आन्दोलन जारी रहेकाले माग पूरा नभएसम्म कुनै पनि हालतमा कार्यालय सञ्चालन गर्न नदिने चेतावनी दिए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मानव वेचविखन आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निर्वतमान कानून मन्त्री गिरफ्तार
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । मानव बेचविखन घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ०८१ कात्तिक २५ गते विराटनगर महानगरपालिका-२ स्थित…
वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड
रङ्गेली नगरपालिका-९ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका-९ फर्साडाँगीस्थित वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा ०८१ कात्तिक २२ गते तोडफोड भएको…
बर्दियामा बलात्कारको घटना बढ्दै
बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२…
लोती नदीमा पुल निर्माण नगर्दा तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता
चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण…
भूकम्प पीडित भन्छन् – 'घर पाउने आशा मरिसक्यो'!
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको क्षति गरेको एक वर्ष बितेपनि दोस्रो किस्ताको रकम पाउँदा विचल्लीमा…