मधेसी नागरिकमाथि संवैधानिक भन्दा पनि भावनात्मक विभेदः सरोकारवाला
तराईमधेसका नागरिकमाथि संवैधानिक भन्दा पनि भावनात्मक र व्यवहारिक विभेद भएको एक कार्यक्रमका सरोकारवालाले औँल्याएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र ल एसोसिएटको संयुक्त आयोजनामा पुस ६ गते ललितपुरमा आयोजित "मधेसका मागहरूको विश्लेषण, प्रान्त, सीमा र स्वायत्तताको सवाल" विषयक एक अन्तरकृया कार्यक्रममा सरोकारवालाले सो कुरा औँल्याएका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री लालबाबु पण्डितले मधेशको समस्या समाधानको लागि संविधानमा भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्न सकिने बताउँदै भावनात्मक र व्यवहारिक विभेद हटाउन मानसिकतामा परिवर्तनको जरुरी रहेको बताए ।
उनले संविधानमा धेरै सकारात्मक कुराहरू भएको भए पनि मधेससम्म पुर्याउन नसक्दा मधेसमा असन्तुष्टी बढेको बताए ।
सांसद लालबावु यादवले मधेसको माग र राजनीतिक दलहरूको बुझाइ फरक फरक हुँदा समस्या झन् जटिल बन्दै गएको भन्दै मधेसी जनता राष्ट्रियताको असली पहरेदार भएकाले शङ्का नगर्न आग्रह गरे ।
मधेसी नागरिक समाजका अध्यक्ष गणेश मण्डलले सङ्घीयतामा प्रदेशको नाम र सीमाको विषय भन्दा पनि स्वायत्तता मुख्य कुरा भएको बताए । मण्डलले केही कमीकमजोरीका बाबजुद मधेसका माग र आन्दोलन मुलभूत रूपमा जायज भएको बताए ।
राजनीतिक विश्लेषक डा. राजेश अहिराजले मधेसको अहिलेको माग कुनै नयाँ माग नभएर राजनीतिक दलहरूले पहिले नै स्वीकार गरिसकेको विषय भएकाले अहिले अनावश्यक विवाद गर्नुको कुनै तुक नभएको बताए । उनले पहाडको समस्या तराई र तराईको समस्या पहाडले अनुभूत गरी भावनात्मक सम्बन्ध बलियो नबन्दासम्म समस्याले दीर्घकालिन निकास नपाउने बताए ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले विधिको शासनले राजनीति सञ्चालन गर्नुपर्नेमा सो अनुसार नचल्दा समस्या हुने बताउँदै राजनीतिमा इमान्दारिताको अभाव हुँदा अहिलेको समस्या आएको बताए ।
कार्यक्रममा अधिवक्ता डा. सुरेन्द्र भण्डारीले मधेसका मागहरूको विश्लेषणः प्रान्त, सीमा र स्वायत्तताको सवाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले मुलुक चार ओटा तत्वले बन्ने बताए । उनले भने-'मुलुक भूगोल, जनसङ्ख्या, सरकार र अन्तर्राष्ट्रिय मान्यता अनुसार चल्छ ।'
कार्यक्रममा बोल्ने वक्ताहरू अधिकारकर्मी मिनबहादुर शाही, गणेश विक, चरण प्रसाई लगायतले लोकतन्त्र र विभेद सँग अघि बढ्न नसक्ने बताउँदै लोकतन्त्रमा चुनाव अपरिहार्य रहेकाले अब राजनीतिक दल चुनावतर्फत लम्कनुपर्ने बताए ।

रामकुमारी श्रेष्ठ
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…