मधेश आयोग गठन सम्बन्धमा बनेको विधेयक माथि छलफल
व्यवस्थापिका संसद अन्तर्गत क्रियाशील सामाजिक न्याय तथा मानव अधिकार समितिको आयोजनामा फागुन १८ गते रुपन्देहीको भैरहवामा मधेस आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल सम्पन्न भएको छ ।
मधेस आयोग गठन सम्बन्धमा बनेको विधेयकलाई पूर्ण बनाउनका लागि लक्षित वर्गका सुझाव आउने उद्देश्यले स्थानीयस्तरमा पनि विधेयकका विषयमा सुझाव सङ्कलनका लागि छलफल गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा व्यवस्थापिका संसदका सदस्यहरू ज्ञानु गैरे, कृष्णबहादुर छन्तेल थापा, धनबहादुर माझी, शकुन्तला राजभण्डारी, दुलारी हरीजन र राममाया बोगटीको सहभागिता रहेको थियो । सांसदहरूले सहभागीहरूबाट आएका सुझावहरूलाई सकारात्मक रूपमा लिएको र छुटेका विषयहरूलाई समेट्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदकुमार सिंहले विधेयकमा रहेका विषयहरूको मापन गर्ने आधारलाई कसरी किटान गर्ने भन्ने विषयमा विशेषज्ञले ध्यान दिनुपर्ने बताए । सिंहले आयोगलाई प्रभावकारी बनाउनका लागि कार्यान्वयन पक्षलाई ध्यान दिनसमेत आग्रह गरे ।
छलफलमा सहभागीहरूले मधेसी को हुन् ? भन्ने बारेमा विधेयकमा किटान गरिनुपर्ने, आयोगको अध्यक्षको योग्यतालाई भन्दा पनि उसले सामाजिक कार्य गरेको आधारमा नियुक्ति गर्नुपर्ने, विधेयकमा आयोगको अध्यक्ष मधेसी नै हुनुपर्ने कुरालाई तोकिनुपर्ने, आयोगको क्षेत्राधिकारको दायरालाई बढाउनुपर्ने, आयोगको कार्यालय काठमाण्डौँमा नभएर मधेसी जनताको पहुँच पुग्ने गरी स्थापना गर्नुपर्ने जस्ता सुझाव दिएका थिए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…