मधेशी आयोगसम्बन्धी विधेयक पारित
व्यवस्थापिका–संसद्को आजको बैठकले संविधानबमोजिमको मधेसी आयोगसम्बन्धी विधेयक, २०७४ सर्वसम्मतिले पारित गरेको राससले जनाएको छ ।
उक्त विधेयक उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारका तर्फबाट भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै भूमिसुधार मन्त्री दहितले विधेयकमा मधेशी, जनजातिलगायतका आन्दोलनका भावना समेटिएको जानकारी गराउँदै सरोकारवालाका माग सम्बोधन भएको बताए ।
विधेयकसम्बन्धी छलफलमा भाग लिँदै सांसदहरु योगेन्द्र चौधरी, कल्पना चौधरी, प्रेम सुवाल, नागेन्द्र कुमाल, पेम्बा गुरुङ बोटेलगायतले विधेयकमा थारु समुदायका पहिचान र संस्कृतिलाई समेटिनुपर्ने सुझाव दिएका थिए ।
यसअघि बैठकमा सभामुख ओनसरी घर्तीले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, विद्युत् नियमनसम्बन्धी विधेयक र श्रमसम्बन्धी विधेयक प्रमाणीकरण गरी पठाइएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएकी थिइन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…
जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु
कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१…