मदानेचौरमा खानेपानीको अभाव
सुर्खेतको भेरीगङ्गगा नगरपालिका–१० मदानेचौरका स्थानीयवासी खानेपानीको चरम अभाव खेपिरहेका छन् ।
वर्षाको समयमा केही सहज बनेपनि हिउँद अर्थात खुख्खा मौसममा एक सय ५० घर परिवारले पानीको अभाव व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
‘वर्षामा त खासै समस्या हुदैँन, मङ्सिर यता नुहाउन, कपडा धुन त परको कुरा पशु र मान्छेलाई पिउने पानी जुटाउनै धौ धौ हुन्छ’ स्थानीय दिपक बीसीले भन्नुभयो, ‘डेढ सय बढी घर परिवारलाई एउटा मात्र धारा छ, घण्टौँ लाइन लाग्नुपर्छ ।’
हाल पिउने पानीको भाँडा लिएर तीन चार घण्टासम्म लाइनमा बस्नु पर्ने र चैत वैशाखमा काकाकुल हुने गरेको उहाँले दुःखेसो पोख्नुभयो ।
स्थानीय सरकार र अन्य जनप्रतिनिधिलेसमेत आफूहरूको खानेपानी समस्याप्रति बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ । निर्वाचनका बेला विकास र सेवा सुविधाको आश्वासन बाड्ने तर, निर्वाचन जितेर गएपछि फर्केर नहेरेको स्थानीय टीका खनालको गुनासो छ ।
‘चुनावको बेला दैला दैलामा आएर नेताले खानेपानी घर घरै व्यवस्था गर्छाै भनेर गए’ खनालले भन्नुभयो, ‘नेताहको मुहार फेरियो, हाम्रो दुःख जस्ताको तस्तै छ ।’
भेरीगङ्गा नगरपालिकाकी उपप्रमुख रेणु ढकालले समस्या समाधानका लागि आयोजनाको काम अघि बढेको बताउनुभयो ।
‘मदानेचौरवासीको खानेपानी समस्यालाई मध्यनजर गरेर आयोजनाको काम अघि बढिसकेको छ’ उहाँले भन्नुभयो,‘ट्यांकी निर्माण, पाइप खरिद भइसकेको छ, सकेसम्म यसै आर्थिक वर्षभित्र खानेपानी पुर्याउने गरी काम भइरहेको छ ।’
बस्तीको दीर्घकालिन रूपमा समस्या समाधान गर्ने गरी पानीको स्रोतको खोजी भइरहेकाले उपप्रमुख ढकालको भनाइ छ ।
पूर्णबहादुर खड्का
सम्बन्धित समाचारहरू
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…