मतपेटिका ल्याउँदै गरेको टोलीमाथि बम प्रहार एक जना घाइते
प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा सम्पन्न निर्वाचन अन्तरगत कुशे गाउँपालिका-१ को मतपेटिका बोकेर सदरमुकाम ल्याउँदै गरेको कर्मचारीको टोलीमाथी मङ्सिर ११ गते बिहान लक्षित गरी बम विष्फोट भएको छ ।
विष्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भाबेश रिमालले बताए ।
कुशे गाउँपालिका-१ को रोलखोलामा बम विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । एक जना सहयोगी सामान्य घाइते बाहेक अन्य कुनैपनि क्षति नभएको डिएसपी रिमालले जानकारी दिए ।
घाइतेलाई नजिकको स्वास्थ्य संस्थामा उपचार गराइएको छ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम विष्फोट गराएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
यज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
यज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…