मतपत्र धेरै भेटिएपछि मतगणना स्थगित
प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा ख तर्फ प्रदेश सभाको दुईओटा मतदान केन्द्रको मतपेटिकाको सिल तोडिनुका साथै मतपत्र धेरै भेटिएपछि मतगणना रोकिएको छ । चार ओटा मतदानकेन्द्रको मतपत्र गणनाका लागि एकै ठाउँ मिसाईएकोमा मतदान गरिएको मत भन्दा ९२ मत बढी भेटिएको थियो ।
साथै खनियाबास गाउँपालिका-४ स्थित गणेशकुण्ड मतदान केन्द्रको दुई ओटा मतपेटिकाको सिल तोडिएको पाइएको भन्दै राप्रपा र एमालेका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।
प्रतिनिधि सभा २ नम्बर क्षेत्रको ख प्रदेश सभाको मतगणना बिहान ९:३० बजेदेखि रोकिएको छ ।
गंगाजमुना मण्डली मावि-५ (क), त्रिपुरासुन्दरी गाउँपालिका-२ वडा कार्यालय (क), खनियाबास गाउँपालिका-४ गणेशकुण्ड मावि (ख) र रुबिभ्याली गाउँपालिका-४ मुक्रापदेवी माविको मतगणनाका लागि तयारी गर्दा यस्तो अवस्थामा भेटिएको हो ।
यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेको मुचुल्का आएको थियो । तर मत गणनाको लागि तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएको हो ।
पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका जगत सिंखडा २ सय ४६ मतले राप्रपाका उम्मेदवार डम्बर तामाङ भन्दा अगाडि छन् । पछिल्लो मत गणनामा जगत सिंखडाको ९ हजार ८ सय ९ मत र डम्बर तामाङको ९ हजार ५ सय ६३ मत रहेको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…