मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको छ ।
चिशंखुगढी गाउँपालिका–३ का वडाध्यक्ष पदका उम्मेदवारको मत परिणाम बराबर आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ता राजकुमारले दुई ओटा मतपत्र च्यातेको आरोप छ ।
मतपत्र च्यातेको आरोपमा ढुङ्गानालाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरीका डिएसपी सुकदेव खनालले इन्सेक प्रतिनिनिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
मुुख्य निर्वाचन अधिकृतको कार्यालयसँगको समन्वयमा कानुन अनुसारको कारवाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।
चिशंखुगढीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबिच तालमेल छ ।
चिशंखुगढी–३ मा माओवादी र कांग्रेसकै वडाध्यक्षका उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना गर्न थालिएको थियो ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…
कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।…