निर्वाचन सामाग्री बुझेर मतदान केन्द्र खटिए कर्मचारी
स्थानीय तहको वैंशाख ३० गते हुने निर्वाचनका लागि आवस्यक निर्वाचन सामाग्री बुझेर कर्मचारी तोकिएको मतदान केन्द्रमा खटिएका छन् ।
कर्मचारीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नियुक्तपत्र बुझ्ने र निर्वाचन कार्यालयमा मतपेटीका, मतपत्र लगायतका सामाग्री बुझिरहेका छन् ।
जिल्लाका ३ सय ६५ मतदान केन्द्रमा वैशाख २७ गतेभित्र खटिनु पर्ने भएकाले पनि कर्मचारीहरूलाई वैशाख २६ गते मतपेटीका, मतपत्र, लगायतका सामाग्री बुझ्नका लागि भ्याइ नभ्याइ भएको छ ।
निर्वाचनको कार्यतालिका अनुसार वैशाख २७ गते सबै मतदान केन्द्रमा कर्मचारीहरू पुगिसक्नु पर्छ । कर्मचारीहरूले त्यहाँ पुगेर कार्यतालिका अनुसार मतदान केन्द्रको भौतिक पूर्वाधार तयार गर्ने, मतदाता परिचय पत्र वितरण गर्ने, मतदाता शिक्षाको लागि नमुना मतदान गर्ने लगायतका काम गर्नुपर्ने हुन्छ ।
जिल्लाका दुर्गम गाउँमा पुग्ने कर्मचारीहरूले मतपत्र र मतपेटीका बुझेर मतदान केन्द्र तर्फ लागेका छन् । सुगम क्षेत्रका धेरै कर्मचारी भोली आफ्ना मतदान केन्द्रमा खटिने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दनु भयो ।
निर्वाचन आयोगबाट प्राप्त मतदान सामग्री र मतदाता परिचयपत्रको प्याकेज बनाई पठाउने काम भईरहेको निर्वाचन कार्यालय बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ अधिकारीले जानकारी दिनुभयो ।
उहाँले वैशाख २७ गते भित्र नै निर्वाचन केन्द्रमा मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामाग्री पुर्याउने ढङ्गले काम इईरहेको बताउनु भयो ।
जिल्लामा २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेको र निर्वाचनको लागि ३ लाख २५ हजार मतपत्र आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका ३ सय ५६ मतदान केन्द्रमा खटिने कर्मचारीलाई मतदान केन्द्रको व्यवस्थापन, मतदानलाई व्यवस्थित गर्ने लगायतका कार्यहरूबारे तालिम सम्पन्न गरी कर्मचारी व्यवस्थापन गरिएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ माहानगरपालिका १४ कलङ्कीका २६ वर्षीय सुलभ क्षेत्री र सो घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय प्रिन्स थपलिया र १९ वर्षीय रुस…
कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट
धर्मदेवी गाउँपालिका–२ तामाफोकी ३४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । कथित बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी गाउँपालिका–२ का ३७ वर्षीय…
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका–६ का ३२ वर्षीय विनोद मुखियालाई जिल्ला अदालत सर्लाहीले असार २० गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश टेकनाथ गौतमको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २१ गते)
असार २१ गते ७३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग
१७ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार भएको घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान असार २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण…