मतदान गर्न हिडेका एक जनाको मृत्यु, हत्या गरिएको परिवारजनको आरोप
व्याँस गाउँपालिका–४ डोकटका ३५ वर्षीय नरसिह विष्ट मङ्सिर ५ गते सुनसेराको डोम खोला किनारमा मृत अवस्थामा फेला पर्नु भएको छ ।
खलङगा बजारबाट मङ्सिर ३ गते मतहाल्न ब्याँस हिडनु भएका विष्टको शव सुनसेराको डोम खोला किनारमा भेटिएको हो ।
मृतक विष्टका आफन्त मोहनसिह विष्टका अनुसार स्थानीय बजारबाट २ सय मिटर पररहेको खोलामा गाडेको अवस्थामा शव भेटिएको छ । बाटोभरि घिर्सादै लगेको देखिन्छ ।
मतदान गर्नका लागि एकदिन अघि नै गाँउ पुगेका नरेन्द्रले मतदानको दिन मत हाल्न नआएपछि रातीदेखि नै खोजी कार्य गरिएको मृतकका अफन्त विष्टले बताउनु भयो ।
मतदानको अघिल्लो दिन राती सत्ता गठबन्धनका कार्यकर्तासँग विवाद भएको सुनिएकोले उहाँको हत्या भएको मृतकका अफान्त विष्टको आरोप छ ।
हत्याराको पहिचान गरी कानुनी दायरमा नल्याएसम्म शव नउठाउने भन्दै पीडित परिवारले घनटास्थलबाट शव बुझेका छैनन् ।
व्यास गाउँपालिकाका एमाले स्थानीय नेताहरुले नरेन्द्रको विभत्स हत्या भएकोले घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
घटनामा संलग्न व्यक्तिहरु पत्ता लगाउन माग गर्दै स्थानीयले दार्चुला तिंकर सडकको सुनसेरामा सडक अवरुद्ध समेत गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटाइएको र अनुसन्धान भइरहेको बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…