मतदान केन्द्र टाढा हुँदा दुई वटा गाँउका मतदातालाई समस्या
हिमाली गाउँपालिका-३ गुम्बाका स्थानीयवासीहरूले विगतदेखि नै भोट दिनबाट समस्या भोग्दै आएका छन् । सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली गाउँपालिका-३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न मात्र तीन दिन हिँड्नु पर्ने स्थानीयले गुनासो गरेका छन् ।
साविक विच्छाया गाविसका लाम्पाटा र गुम्बा गाउँमा २६ घरपरिवार बसोबास गर्दै आएका छन् । गुम्बा गाउँमा ३० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराका प्रमुख शुभद्रा गौतमले बताइन् । जसमा आठ जना महिला र २२ जना पुरूष मतदाता रहेका छन् ।
बौडीमा रहेको गङ्गा आधारभूत विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ । उक्त केन्द्रमा आउन गुम्बाबासीहरूलाई तीन दिन पैदल हिँड्नुपर्ने स्थानीयको भनाइ छ ।
मतदान केन्द्रको बारेमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन केन्द्र छनौट समिति बनाएको र जिल्लाका सबै राजनीति दलहरूको सहमतिमा केन्द्र तोकिएको निर्वाचन कार्यलय, बाजुराका प्रमुख शुभद्रा गौतमले बताइन् । उनले बाजुराको भुगोलको बारेमा अनविज्ञतासमेत प्रकट गरिन् ।
केन्द्र टाढा भएका कारण यसअघिका कुनै पनि चुनावमा भोट नहालेको गुम्बा गाउँका छिरिङघोर्चे लामाले बताए । उनले भने-'तीन दिन बिताएर के गर्ने ? हाम्रो दुःख कसैले बुझ्ने होइनन् ।'
बिच्छँयाको लाम्पाटा र गुम्बा गाउँमा राज्यले बेवास्ता गरेकाले निर्वाचनमा मतदान गर्ने अधिकारबाट बञ्चित हुनु परेको नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष निमेन्द्र शाहीले बताए ।
जिल्ला निर्वाचन कार्यालयमा पछिल्लो समय आएको मतदाता नामावली अनुसार ३२ हजार ५ सय २१ जना पुरूष, ३२ हजार ४ सय २७ जना महिला र दुई जना तेस्रो लिङ्गी गरी ६४ हजार ९ सय ५० जना रहेका छन् । जिल्लाभर ६९ मतदान स्थल र ९१ मतदान केन्द्र तोकिएका छन् ।
पदम सिंह
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…