मतदान केन्द्र खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीको दबाव
छाँयानाथ रारा नपा-१२ शोभा गाँउस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शोभा मतदान केन्द्र खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एमाले र काङ्ग्रेसका कार्यकर्तालाई दबाव दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सचिवालय सदस्य सिद्धान्तले आफ्नो पकड मानिएको छाँयानाथ रारा नपा-१२ शोभा गाँउमा काङ्ग्रेस र बामगठबन्धनका कार्यकर्तालाई कात्तिक २० गते बोलाई दबाव दिएको एमालेका कार्यकर्ता कृपाराम साउथले बताए ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एमाले र काङ्ग्रेसका कार्यकर्तालाई सबै गाँउलेको हस्ताक्षर गरी उक्त मतदान केन्द्र खारेजको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा जान दबाव दिएका हुन् ।
मङ्सिर १० गते हुने पहिलो चरणको निर्वाचन विफल पार्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मुगुबाट दुवै तहको निर्वाचनमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेस र बाम गठवन्धनका कार्यकर्तालाई दबाव दिएका हुन् ।
मदतान केन्द्र खारेज नगरे मतदान हुने दिन या मतदानपछि जे पनि हुन सक्ने चेतवानी दिएको एमाले कार्यकर्ता साउथले बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…