मतदानस्थल नजिकै भेटिएको स्वीच बम सेनाद्वारा निष्कृय
लालिगुराँस नगरपालिका-५ दागपा स्थित सिंहबाहीनी मावि मतदान केन्द्र नजिकै भेटिएको विष्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।
मतदान केन्द्र भन्दा ५ सय मिटर उत्तर तर्फो खालीचौरमा रेडबुलमा विष्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो ।
असार १३ गते बिहान १० बजे रेडबुलमा राखिएको घरेलु 'बिकेआईडी विष्फोटक पदार्थ' आफै बिस्फोट भएको थियो । विष्फोटबाट मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
मतदान केन्द्र नजिकै रेडबुलमाम राखिएको 'स्वीच बम' पड्किएपछि सुरक्षाकर्मीले अर्को 'रेडबुल बम' फेला पारेका थिए ।
बम फेलापरेपछि टुटे देउरालीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको मतदान सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले बताएका छन् । बम कसले राख्यो भन्ने अहिलेसम्म थाहा भएको छैन । बम राखेर आतङ्कित पार्ने समूहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
भगिश्वर लिम्बु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…