मतदानमा खटिएका सुरक्षाकर्मीद्वारा मतदान अधिकृतमाथि कुटपिट

  ०७९ वैशाख २९ गते

पञ्चपुरी नपा–७ धनबोटस्थित नेरा आवासीय मावि मतदान स्थलमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, सहायक मतदान अधिृकत, सुरक्षामा खटिएका नेपाल प्रहरी र म्यादी प्रहरीलाई वैशाख २८ गते राति कुटपिट गरेका छन ।

सई भट्टले मदिरा सेवन गरी मतदान अधिकृत निरज झा, सहायक मतदान अधिृकत राजेन्द्र धमला, मतदान स्थलमा खटिएका नेपाल प्रहरी र म्यादी प्रहरीलाई कुटपिट गरेको स्थानीयवासी कमलबहादुर वयकले जानकारी दिनुभयो । कुटपिटबाट सबैजना सामान्य घाइते भएका छन् । सई भट्टलाई वैशाख २९ गते बिहान प्रहरीले नियन्त्रणमा लगेको स्थानीयवासी वयकले जानकारी दिनु भयोे ।

मदिरा सेवनगरी मतदान अधिृकत झासहितलाई कुटपिट गरेको आरोपमा सई भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका निमित्त प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले बताउनु भयो ।

निर्वाचनको शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीबाटै यस्तो घटना हुनु दुखद भएको र उनलाई कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने एसएसपी वास्तोलाले जानकारी दिनुभयो ।

 


इन्सेक कर्णाली प्रदेश कार्यालय