मतदानको विषयलाई लिएर कुटाकुट
याङवरक गाउँपालिका–५ शिरिसेमा वैशाख ३० गते नेकपा एमाले र गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका कार्यकर्ताबिच वैशाख ३० गते मतदानका विषयलाई लिएर कुटाकुट भएको छ ।
झडपमा याङवरक गाँपालिका–५ का २५ वर्षीय बिक्रम तावा, सोही ठाँउका २४ वर्षीय सुरेन्द्र तावा घाइते भएका छन् ।
घाइतेमध्ये विक्रमको दाँया हातको कान्छी औँला भाँचिएको छ । सुरेन्द्रलाई सामान्य चोट लागेको गणेशमान सिंह सामुदायिक अस्पताल पाँचथरका डाक्टर रूपेशमान शेरचनले बताउनु भयो ।
घाइते उपचारपछि घर फर्किएका छन् । झडपका क्रममा अर्को पक्षका याङवरक गाउँपालिका– ५ का ६५ वर्षीय वीर्खबहादुर काम्बाङको दुइ ओटा दाँत झरेको र बायाँ आँखामा चोट लागेको छ ।
सोही ठाउँका चन्द्रबहादुर काम्बाङको हातमा चोट लागेकाले स्वास्थ्य चौकीमा उपचार गराएको नेकपा एमाले याङवरक गाउँपालिका–५ का अध्यक्ष राजकुमार माबोले इन्सेक प्रतिनिधिसँगको फोन सम्र्पकमा बताउनु भयो ।
वैशाख ३० गते मतदान गर्ने क्रममा विवाद भएको भएको र सोही निहुँमा याङवरक गाउँपालिका–५ का भीम माबो, युक्ति माबो, सर्ण काम्बाङ, देशु काम्बाङ, चन्द्र काम्बाङलगायतले बाटो छेकी कुटपिट गरेको याङवरक गाउँपालिका–५ तरूण दल उपाध्यक्ष बिक्रम तावाले बताउनु भएको छ ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने…
प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते
सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया…
कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार…
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।…