मतदानका दिन मेयरका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड
नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिका मेयर पदका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न 'पास' बनाएको बा ९ च ६५१४ नं.को टोयटा हाईलेक्स पिकअप गाडीमा तोडफोड भएको एमालले जनाएको छ ।
प्यूठान नपा-४ बिजुवारमा सवारीधनी बालाजु श्रेष्ठले आफ्नै घरमा रोकी राखेको गाडीमा असार १२ गते राति तोडफोड भएको थियो । उक्त गाडीमा माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेको एमालेले आरोप लगाएको छ ।
माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रकाश अधिकारीले आफ्ना कार्याकर्ताले त्यसो नगरेको भन्दै एमालेले झुठा आरोप लगाएको बताए ।
प्यूठान नगरपालिका-४ खमल्दि बस्तीमा स्थानीयलाई भेला गरी मत प्रभावित पार्ने गतिविधि गरे लगत्तै विजुवार मित्रमणी चोकमा माओवादी कार्यकर्ताहरूले प्रदर्शन समेत गरेको एमालेको आरोप छ ।
'माओवादीका केन्द्रिय कार्यालय सदस्य मणि थापासहितको टोलीले हुलदङ्गा गर्यो ।'-एमाले प्यूठान नगरपालिका निर्वाचन परिचालन कमिटिका संयोजक विजयविराज विष्टले भने-'सुनियोजित रूपमा एमाले कार्यकर्तामाथि आक्रमणको प्रयास गर्दासमेत स्थानीय प्रहरी मुकदर्शक थियो ।'
मौन अवधिको समयमा माओवादी केन्द्रले प्रचार कार्य गरेर आचारसंहिता उल्लङ्घन गरेको एमालेले आरोप लगाएको छ ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…