मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने चिन्ता
स्थानीय तह निर्वाचन आउन दुई दिन बाँकी रहँदा जिल्लाका चारै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने स्थानीयबासीले चिन्ता गरेका छन् ।
अघिल्ला निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम हुँदा समेत मत बदरको सङ्ख्या देखिएको भएपनि यो पटक मतदाता शिक्षा संचालन नहुँदा धेरै मतदाताहरूको मत बदर हुने चिन्ता बढेको हो ।
निर्वाचनमा भाग लिएका राजनीतिक दलका उम्मेदवार र नेता तथा कार्यकर्ताहरूले भोट माग्न घरदैलोमा आउने गरेको भएपनि कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी दिने गरेका छैनन । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाको बारे जानकारी दिन घरघरमै मान्छे आउने गरेका थिए । अहिले निर्वाचन हुन दुई तीन दिन बाँकी हुँदा समेत कोही आएका छैनन यो पटक गठबन्धन र स्वतन्त्र उम्मेदवार बढी भएका कारणले पनि मतपत्र धेरै बदर हुने सम्भावना देखिएको छाँयानाथ रारा नगरपालिका–१ का रुपबहादुर मल्लले बताउनु भयो ।
अघिल्ला निर्वाचनमा निर्वाचन कार्यालयले मतदाता शिक्षा संचालन गरेको मतादाता शिक्षामा खटिएका स्वयमसेवकहरू कुनै न कुनै पार्टीसँग संलग्न हुने भएकाले मतदाता शिक्षा प्रभावकारी देखिएन ।
यो पटकको निर्वाचनमा निर्वाचन आयोगले नै मतदाता शिक्षा समुदायमा नगरी मतदान केन्द्रमा निर्वाचन हुनु दुई दिनअघि संचालन गर्ने निर्देशन दिएकाले समुदायमा मतदाता शिक्षा संचालन नभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनकृष्णा बुढाले बताउनु भयो ।
जिल्लाका सबै मतदाताहरु शिक्षित छैनन । यहाँका सबै स्थानीय तहमा अशिक्षित मतदाता धेरै छन् । कतिपय मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी छैन । प्राय प्रमुख, उप प्रमुख र वडा अध्यक्षमा बदरको सम्भावना कम देखिएपनि गठबन्धन र सदस्यहरूमा, स्वतन्त्र उम्मेदवारी बढी भएकाले यी पदमा बढी बदर हुने मुगुम कार्मारोङ गाँउपालिका—४ का उर्गिन लामाले बताउनु भयो ।
यो पटक जिल्लाका चारै स्थानीय तहमा ३५ हजार ८९ मतदाता रहेका छन । जसमध्ये छाँयानाथ रारा नगरपालिकामा १२ हजार ४ सय ७७, खत्याड गाँउपालिकामा १० हजार ७ सय १७, सोरु गाँउपालिकामा ७ हजार ८ सय ६४ कार्मारोङ गाँउपालिकामा ४ हजार ३१ मतदाता रहेका छन ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ माहानगरपालिका १४ कलङ्कीका २६ वर्षीय सुलभ क्षेत्री र सो घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय प्रिन्स थपलिया र १९ वर्षीय रुस…
कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट
धर्मदेवी गाउँपालिका–२ तामाफोकी ३४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । कथित बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी गाउँपालिका–२ का ३७ वर्षीय…
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका–६ का ३२ वर्षीय विनोद मुखियालाई जिल्ला अदालत सर्लाहीले असार २० गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश टेकनाथ गौतमको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २१ गते)
असार २१ गते ७३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग
१७ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार भएको घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान असार २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण…