मतदाता शिक्षा सञ्चालन नगर्न तथा मतदानमा सहभागी नहुन धम्की
दक्षिणपूर्वी क्षेत्रको सिगास गाउँपालिकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन नगर्न चेतावनी दिएका छन् ।
जेठ ५ गते दिउँसो सिगास गाँउपालिका-२ गाँजरीमा मतदाता शिक्षा कक्षा चलिरहेका बेला १०/१२ जनाको समूहमा आएका सो पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन गरे कालिकोटको जस्तै घटना हुनसक्ने भन्दै चेतावनी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
सो पार्टीले च्वागढ क्षेत्रमा निर्वाचन गतिविधि र मतदानमा सहभागी नहुन स्थानीयलाई दबाव दिइरहेको स्थानीयको गुनासो छ ।
गाँउपालिका कार्यालयबाट जेठ ७ गते मात्रै जानकारी आएको र उक्त घटनापछि जिल्लाभर सुरक्षा व्यवस्था मजबुद बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक आचार्यले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…