मतदाता शिक्षा प्रभावकारी भएनः सदस्य पाठक
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम प्रदेश नम्बर २ मा प्रभावकारी रूपमा नभएको बताए ।
दुई नम्बर प्रदेशको सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाको निर्वाचन सुरक्षाको अवस्था स्थलगत अवलोकन गरेर सिरहा आइपुगेका पाठकले भदौ २८ गते पत्रकार सम्मेलन गरी सो जानकारी गराएका हुन् ।
उनले निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएकोप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । 'चुनाव हुन गइरहेको २ नं प्रदेशको विभिन्न जिल्लामा अनुगमन गर्दा चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ ।'-उनले भने-तत्काल सो कार्यलाई रोक्नु जरुरी छ ।' गाउँगाउँमा मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन नहुँदा मत बदर हुने सम्भावना बढ्नसक्नेप्रति चिन्ता व्यक्त गर्दै उनले मतदाता शिक्षा सञ्चालन गर्न सुझावसमेत दिए ।
सदस्य पाठकले सप्तरीको १६ स्थानको मतदान केन्द्र खुल्ला स्थानमा रूख मुनि राखिएकोले यस किसिमको मतदानको व्यवस्था मनव अधिकार आयोगलाई मान्य नहुने बताउँदै यसलाई व्यवस्थित तरिकाले ठूलो त्रिपालमुनी भए पनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…