मतदाता शिक्षा नपाएको पर्वत कारागारका कैदीबन्दीको गुनासो
पर्वत जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले मङ्सिर ४ गते सम्पन्न हुन गइरहको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा नपाएको गुनासो गरेका छन् ।
यस पटक राज्यले कारागारमा रहेका कैदीबन्दीलाई प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरेपनि मतदाता शिक्षा नपाएको पर्वत कारागारका कैदीबन्दी नाइके ज्ञानप्रसाद पाइजाले बताउनु भयो ।
पर्वत कारागारमा १ सय ४ जना कैदीबन्दी रहेका छन् भने ४ गतेको निर्वाचनमा ३५ जनाले मतदान गर्ने भएका छन् ।
अन्य कैदीबन्दीहरुको अन्तिम मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाउने भएको जेलर शिला श्रेष्ठले जानकारी दिनु भयो ।
मतदाता शिक्षा किन सञ्चालन भएन भन्ने इन्सेक प्रतिनिधिको जिज्ञासामा जिल्ला निर्वाचन कार्यालय पर्वतका जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले स्थानीय तहको जिम्मेवारी भएका कारण आफुहरु त्यस विषयमा अनविज्ञ रहेको बताउनु भयो ।
उहाँले निर्वाचन आयोगले मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सञ्चालनको जिम्मा स्थानीय तहलाई जिम्मा दिएको बताउँदै कुश्मा नगरपालिकाले कैदीबन्दीलाई मतदाता शिक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…