मतदाता शिक्षामा विशेष ध्यान देऊः अध्यक्ष प्याकुरेल
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मतदाता शिक्षामा ध्यान दिन सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।
मानव अधिकार र निर्वाचन विषयक कार्यक्रमका लागि जेठ १५ गते दाङ आइपुगेका प्याकुरेलले मानव अधिकार अवस्था र स्वच्छ निर्वाचनका लागि नागरिक अभियानबारे रेडियो कार्यक्रममा बोल्दै सम्बद्ध सरोकारवाला पक्षलाई मतदाता शिक्षामा ध्यान दिन आग्रह गरेका हुन् ।
गत वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा बदर मतको सङ्ख्या धेरै रहेको चर्चा गर्दै अध्यक्ष प्याकुरेलले दोस्रो चरणमा त्यस्तो अवस्था आउन नदिन निर्वाचन आयोग तथा राजनीतिक दलहरूले मतदाता शिक्षामा विशेष जोड दिन आग्रह गरेका हुन् ।
'पहिलो चरणमा बदर मत बढेको देखियो । यसो हुनु राम्रो होइन ।'-अध्यक्ष प्याकुरेलले भने-'दोस्रो चरणमा बदर मत बढ्न नदिन मतदाता शिक्षाका कार्यक्रम घरघरमा पुर्याउनुपर्छ ।'
उनले मतदाता शिक्षाको जिम्मेवारी निर्वाचन आयोगको भएपनि राजनीतिक दलहरूले आफ्ना मतदाताहरूलाई मतदानसम्बन्धी जानकारी दिनुपर्ने बताए । अध्यक्ष प्याकुरेलले नागरिकले निर्धक्कसँग मतदान गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सहयात्री संस्था मानव अधिकार सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्र अर्यालले शान्तिपूर्ण रूपमा मत व्यक्त गर्ने वातावरण निर्माणका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताए । दाङको रेडियो प्रकृतिको निर्वाचन विशेष कार्यक्रममा प्याकुरेल र अर्यालसँग निर्वाचनको स्वच्छताका सम्बन्धमा बहस गरिएको थियो ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…