मतदाता शिक्षाका लागि नमूना मतदान सम्पन्न
यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले पर्वतमा वैशाख २३ गते नमूना मतदान गराएको छ ।
मतदानको क्रममा मत बदर हुनबाट रोक्न नमुना मतदान कार्यक्रम गरिएको पर्वत जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताउनुभयो ।
मतदान केन्द्र तोकिएको कुश्मा नगरपालिका ५ बालमन्दिर प्राथमीक विद्यालयमा नमूना मतदानको व्यवस्था मिलाइएको थियो ।
सो कार्यक्रममा इच्छुक स्थानीयहरुलाई पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध भएका थिए भने नमूना मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ थिए ।
स्थानीयहरुले सही तरिकाले मतदाताले आफ्नो मतको सदुपयोग गर्न जानुन् भनेर नमुना मतदान गराइएको निर्वाचन अधिकारी शर्माले बताउनुभयो ।
नमूना मतदानमा ३४ जना सहभागी भएका थिए भने ती मध्ये १० मत बदर भएका थिए ।
अधिकारी शर्माले निर्वाचन सम्पन्न पश्चात् सहभागी मतदातालाई खसेका मतका नमुना सहित प्रष्टोक्ति दिएका थिए ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…