मतदाता बाहेक उपनिर्वाचन हुने क्षेत्रमा अरुलाई आवागमन रोक

  ०८१ मङ्सिर १५ गते

मङ्सिर १६ गते मतदान हुने दैलेखको महाबु गाउँपालिका भूगाेल क्षेत्र र दुल्लू नगरपालिका-१३, मालिकामा मतदाता नामावली भएका बाहेक घर राजनीतिक नेता र कार्यकर्ताहरूलाई हटाइने भएको छ । दैलेखमा मङ्सिर १४ गते बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

Photo30112024Dailekh

मौन समयमा पनि निर्वाचनी प्रचार गर्ने, मतदातालाई प्रभावित पार्ने र अनावश्यक विवाद सिर्जना आउनसक्ने स्थिति भएकोले सुरक्षा संवेदनशीलतालाई हेरी ०८१ मङ्सिर १४ गते दैलेख सदरमुकाममा बसेको बैठकले उक्त निर्णय गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको अध्यक्षतामा भएको बैठकले निर्णय गरेको हो । निर्वाचन आचार सहिंताको पूणपालना, मौन समयको कार्यान्वयन सहयोग पुग्ने भएकोले वाहिरका व्यक्तिलाई आवागमन गर्न रोक लगाइएको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताउनु भयो ।

‘निर्वाचन हुने क्षेत्रमा मौन समय कडाई साथ पालना गर्न लगाउने, राजनीतिक दल र उम्मेदवारले मतदाताहरूलाई प्रभाव, दवावमा नदिने र वाहिरका व्यक्तिहरूलाई सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि बढाइनेछ’ भनी सर्वपक्षीय बैठकले निर्णय गरेको छ । निर्वाचन शान्त र मर्यादित सहयोग पुग्ने भएकोले वाहिर घर भएका राजनीतिक नेतृत्व र कार्यकर्ताहरूलाई महाबु गाउँपालिका र दुल्लू नगरपालिका–१३ क्षेत्रमा नजाने कुरा आफूहरूले पनि सहमति जनाएको नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले बताउनु भयो ।

अरु विकासका कामहरूमा पनि दैलेखमा राजनीतिक दलहरूबीच राम्रो समझदारी रहेको र मुख्य विर्वाचन अधिकृतको कार्यालयबाट अनुरोध आएपछि वाहिरका व्यक्ति निर्वाचन हुने क्षेत्रमा नजाने कुरामा सबै दलहरुको समझदारी बनेको नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले सुनाउनुभयो । निर्वाचन आयोगको उपनिर्वाचन तालिका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि हुने मतदान हुँदैछ । २०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचितहरुको निधनपछि रिक्त स्थानमा मतदान हुन लागेको हो ।

महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङ्गको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएको थियो । त्यसैगरी एमालेबाट निर्वाचित दुल्लू नगरपालिका–१३ वडाका वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो ।

निर्वाचनको तयारी पूरा

महाबु गाउँपालिका अध्यक्ष पदका लागि मतदान गराउन नौ स्थानमा १६ ओटा मतदान केन्द्र र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि हुने मतदानमा दुई ओटा मतदान स्थलमा चार ओटा मतदान केन्द्र हुनेछन् । महाबु गाउँपालिकाभर कुल १२ हजार ६ सय १४ मतदाता छन् । त्यसैगरी दुल्लू नगरपालिका–१३ मा चाहीँ २ हजार २ सय २४ जना मतदाता छन् । मङ्सिर १३ गते अनुशिक्षण दिई ११ मतदान स्थलमा हुने २० ओटा मतदान केन्द्रका लागि आवश्यक पर्ने ५३ प्रकारका सामग्री सहित २० जना मतदान अधिकृतहरूलाई उपलब्ध गराइएको जिल्ला निर्वाचन कार्याल दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले बताउनु भयो ।

Photo30112024Dailekh1


अमर सुनार