मतदाता प्रभावित पार्न दोसल्ला र फलफुल वितरण
नेपाली कांग्रेसले मतदाता प्रभावित पार्न वैशाख ७ गते मातातिर्थ औंशीको अवसरमा व्यास नगरपालिका– ३ दमौली स्थित सम्पर्क कार्यालयबाट ७० वर्ष उमेर पार गरेका ज्येष्ठनागरिक महिला भेला गरि दोसल्ला ओढाउने तथा फलफुल वितरण गरेको छ ।
तनहुँ क्षेत्र नम्बर– १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई सहित नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य शंकर भण्डारी र प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठ लगायतले ज्येष्ठ नागरिक महिलालाई दोसल्ला ओढाई सम्मान गर्ने र फलफुल पनि वितरण गर्नुभएको हो ।
नेपाली कांग्रेस व्यास नगर समितिका सभापती सुर्यचन्द्र हड्खलेले मातातिर्थ औंशीको अवसर पारेर जेष्ठ नागरि महिलालाई सम्मान गरिएको बताउनु भयो । उहाँले यो कार्यले निर्वाचन आचार संहिताको उल्लङ्घन नहुने बताउनु भयो ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले मतदाता प्रभावित पार्ने कुनै पनि काम गरिनु आचार संहिताको उल्लङ्घन भएको बताउनु भयो । आफुले यसबारेमा जानकारी पाए लगत्तै उक्त कार्यक्रम तत्काल रोक्न आग्रह गरेको ढकालले बताउनु भयो ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको १३ नम्बर बुँदाको (झ) नम्बरमा कुनै पनि संघ संस्था तथा व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान दिन, आर्थिक सहायता तथा चन्दा र पुरस्कार दिन नहुने उल्लेख गरिएको छ ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…