मतदाताले नै लुटे मतपेटिका
यमुनामाई गाउँपालिका–१ को जेठरहीया मावि (क) मतदान स्थलबाट मतदाताहरुले नै मतपेटिका लिएर भागेका छन् । सो मतदान स्थलको दुई ओटा मदतान केन्द्रको मतपेटिका स्थानीयले लिएर भागेका हुन् ।
नेकपा माओवादी केन्द्र र जसपा बिच विवाद हुँदा मतपेटिका खोसाखोस भएको थियो । माओवादीले सो केन्द्र कब्जा गर्न खोजेको भन्दै अन्य दलहरुले बिरोध गरेका थिए ।
मतपेटिका लिएर भागेपछि सुरक्षाकर्मीले मतपेटिका फिर्ता ल्याउन सफल भएको निर्वाचन अधिकृतले बताउनु भयो ।
विवादका बिच निर्वाचन रद्ध गरिएको यमुनामाई गाउँपपालिका निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनु भयो ।
निर्वाचन आयोगले अर्को सूचना जारी गरेपछि मात्रै निर्वाचन हुने निर्वाचन अधिकृत शर्माले बताउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…