मतदातालाई पैसा बाँडेको आरोपमा एमालेका वडाध्यक्ष उम्मेदवार गिरफ्तार
गुर्भाकोट नपा–११ मा नेकपा एमालेेबाट वडाध्यक्षका उम्मेदवार राजन विसीलाई मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको आरोपमा वैशाख २८ गते राति प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडामा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा मारेको थियो ।
प्रहरीले खानतलासी गर्दा बिसी बसेको घरबाट १ लाख १ हजार रुपियाँ फेला परेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
नगदसहित गिरफ्तार परेका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखेका छौंँ। घर्तीले घटनाबारे थप अनुसन्धान हुने जानकारी दिए ।
नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत विसीले यस विषयमा आफूलाई जानकारी नभएको बताउनु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित समाचारहरू
नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप, म्यादीप्रहरीमाथि खुकुरी प्रहार
सदरमुकाम मार्तडीमा जेठ १ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा बुढीगंगा नगरपालिका–४ का २० वर्षीय म्यादीप्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ । बडीमालिका नगरपालिका–२ एमालेबाट…
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…