मतदातालाई पैसा बाँडेको आरोपमा कांग्रेसका कार्यकर्ता गिरफ्तार
स्थानीय तह निर्वाचनको मौन अवधिमा मतदाताहरुलाई पैसा बाँडेको आरोपमा प्रहरीले नेपाली कांगे्रसका कार्यकर्ता करन महरालाई वैशाख २८ गते राति गिरफ्तार गरेको छ ।
कृष्णपुर नगरपालिका–९ राजघाटमा मतदाताहरुलाई पैसा बाँडे सूचना प्राप्त भएपछि महरालाई २ लाख २२ हजार ६ सय ८० रुपियाँ सहित राजघाटबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र शाहीले बताउनु भयो ।
मौन अवधिको दुरपयोग गर्दै रातिको समयमा महराले मतदाताहरुलाई पैशा बाँडीरहेको पाइएपछि प्रहरीलाई जानकारी गराएको कृष्णपुर नगरपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार गणेशबहादुर ऐरले बताउनु भयो ।
नेपाली कांग्रेस कृष्णपुर नगरपालिकाका सभापति विष्णु खडकाले कांग्रेसले मतदाताहरुलाई पैशा नबाँडेको भएपनि पार्टी र कार्यकर्ताहरुलाई बदनाम गर्नका लागि विरोधीहरुले योजना बनाएको बताउनु भयो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…