मतदातालाई कुटपिट गरेको आरोपमा उम्मेदवारलाई गाउँलेले लखेटे
बाजा बजाएको आरोपमा दलितमाथि कुटपिट गरेको भन्दै छेडागाड नपा-१२ र १३ का मतदाताले नेपाली काङग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजिवविक्रम शाह, प्रदेश सभा सदस्य जाजरकोट २ का उम्मेदवार दिपकजङ्ग शाह तथा उनीहरूको प्रचारप्रसारका लागि खटिएका कार्यकर्ताको टोलीलाई मङ्सिर ५ गते लखटेको स्थानीयबासीले बताएका छन् ।
वाम गठबन्धनको कार्यक्रममा बाजा बजाएको आरोपमा घरभित्रै गएर कुटपिट गर्ने कार्यकर्ता तथा उनका उम्मेदवारलाई स्थानीयले गाउँबाट कुनै कार्यक्रम गर्न नदिएर नाराबाजी गर्दै लखेटेको स्थानीय वीरेन्द्र रोकायले बताए ।
दलितमाथि कुटपिट गर्ने काङ्ग्रेस उम्मेदवार र कार्यकर्तालाई गाउँ प्रवेश गर्न नदिने स्थानीयबासीले बताएका छन् ।
गत कात्तिक ३० गते वाम गठबन्धनको कार्यक्रममा छेडागाड नपा-१२ कले दमाईको टोलीले बाजा बजाएको थियो ।
उक्त कार्यक्रममा बाजा बजाएको भन्दै काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर १ गते घरमा गएर कले दमाई, पृथी दमाई र मन्दरी दमाईलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । आक्रोशित स्थानीयबासीले काङ्ग्रेसको चुनावी स्थलमा विरोधसमेत गरेका थिए ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
बेपत्ताको अवस्था सार्वजनिक नहुँदा परिवारमा अन्यौल
'म अभागी रहेछु । जिन्दगीभर जसले हात समाएर साथ दिन्छु भन्दै लिएर आएको थियो, आज उही मेरो साथमा छैन । उ बिना म एक्ली भएकी छु । तर पनि फर्कि…
विद्यालयमा शौचालयको अभावः सेनेटरी प्याड मैत्री शौचालय नहुँदा छात्रालाई कठिनाई
सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय, डाँडाफयामा शौचालयको अभाव भएको छ । विद्यालयमा शौचालयको अभाव भएसँगै सो विद्यालयका विद्यार्थी र शिक्षकलाई समस्या भएको हो । विद्यालयमा थप समस्या त सेनेटरी…
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…