मतगणना स्थलमा कांग्रेसका कार्यकर्ताबिच झडप

  ०७८ मङ्सिर ९ गते

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कार्यकर्ताबिच मङ्सिर ७ गते झडप भएको छ ।

मतगणना स्थलमा भएको झडपमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार बुटवल उप–महानगरपालिका–७ का ४८ वर्षीय दीर्घबहादुर केसी (कुमार) माथि ४० वर्षीय प्रशान्त कोइराला लगायतले कुटपिट गरेको केसीले बताउनु भयो ।

कुटपिटबाट मुखमा चोट लागेका केसीको लुम्विनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा प्राथमिक उपचार गरी थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ ।

घटनाका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर पंकज चुदालीले पार्टीको आन्तरिक निर्वाचनको विषय भएकोले दुबै पक्षलाई सम्वेदनशील भएर संयमता अपनाउदै अगाडि बढन आग्रह गरेको र एक जना घाइते भएकोले उपचारका लागि अस्पताल पठाएको बताउनु भयो ।

चुदालीका अनुसार घटनाका विषयमा अहिलेसम्म उजुरी नआएको बताउनु भयो ।


रीमा बिसी