मणिपाल अस्पतालमा झडप, १२ जना घाइते, १८ गिरफ्तार
पोखरा-लेखनाथ मनपा-११ स्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारी र प्रहरीबिच चैत १९ गते झडप हुँदा सात जना प्रहरी र पाँच जना अस्पतालका कर्मचारी गरी १२ जना घाइते भएका छन् ।
घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी जवानहरू विपीन थापामगर, गोविन्द राजकोटी, गमबहादुर थापा, रुपलाल थापा, यमुना राजकोटी, अञ्जना घर्तीमगर र तुलसा पोख्रेल रहेका छन् । घाइते सबैको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।
घाइते कर्मचारीतर्फराजबहादुर घर्ती, कर्णबहादुर केसी, पार्वती प्रधान, पार्वती गुरुङ र अमर गुरुङ रहेका छन् । उनीहरूको उपचार मणिपाल शिक्षण अस्पतालमा भइरहेको अस्पतालकी नर्स रमा ढकालले बताइन् ।
त्यस्तै सोही घटनामा प्रहरीले १८ जना आन्दोलनकारीलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा अस्पतालमा कार्यरत नवराज भण्डारी, अमृत पौडेल, रमेश बोहोरा, नारायण बास्तोला, जीवन थापा, सुजनकुमार ठाकुर, जनार्दन बास्तोला, रामकृष्ण गायक, राजेश ताण्डुकार, इन्द्रबहादुर थापा, अमृतबहादुर गुरुङ, सोभितबहादुर गुरुङ, राजेन्द्र पौडेल, कालीबहादुर बिक, राधा नेपाली, आइतकुमारी परियार, देवी थापा र सुस्मीता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
अस्पतालमा कार्यरत् अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने, १ सय ८० दिन सञ्चित बिदा पाउनुपर्ने, युनियन र कर्मचारीबिच विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्नेलगायतका पाँचबुँदे माग राखी विगत १० महिनादेखि कर्मचारीहरू आन्दोलनमा रहेका थिए ।
धर्नामा रहेका कर्मचारीविरूद्ध उपचार गर्न आएका बिरामीका आफन्तले विरोध गरेपछि आन्दोलन चर्किएको र आन्दोलनबाट अस्पतालको झ्यालको सिसा र पर्खालमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सङ्गीता भाट
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…