मठीया प्रहरी चौकीमा बम प्रहार, प्रहरी जवान घाइते
ईशनाथ नपा–४ मठियास्थित प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरी जवान रञ्जित यादव आपराधिक समूहको बम प्रहारबाट घाइते भएका छन् ।
बिआर ०५८६५०१ नम्बरको हिरो डिलक्स मोटरसाइकल चढेर आएका व्यक्तिले कात्तिक २६ गते गरेको बम प्रहारबाट सेन्ट्री ड्युटीमा खटिएका प्रहरी जवान यादव घाइते भएका हुन् ।
सामान्य घाइते यादवको स्थानीय क्लिनिकमा उपचार गरिएको छ । प्रहरीले बम प्रहार घटनामा संलग्न रहेको आरोपमा भारत ढाकाका २५ वर्षीय चन्दन कुमारलाई गिरफ्तार गरेको छ ।
मोटरसाइकलमा आएका दुई जनाले बम प्रहार गरेको र घटनाको बारेका अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन कार्कीले बताए ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…