मट्टीतेल  खन्याएर  पत्नीको  हत्या गरेको  आरोपमा  पति गिरफ्तार 

  ०८१ असोज १३ गते

इशानाथ नगरपालिका-२ औरैयाकी २२ वर्षीया पिंकी देवी साहलाई  मट्टीतेल  खनाएर आगो लगाई हत्या गर्न खोजेको आरोपमा २४ वर्षीय पति रोशन  साह सोनारलाई ०८१  असोज १ गते  प्रहरीले गिरफ्तार गरेको छ ।

असोज १ गते विश्वकर्मा पुजाको दिन  खेतमा पानी हाल्ने पम्पको   ट्याङ्कीबाट मट्टीतेल   झिकेर आगो लगाई गम्भीर  घाइते  बनाएका थिए । घाइतेको उपचारको लागि गौरस्थित प्रादेशिक  अस्पतालमा  लगिएकोमा  त्याहाँ उपचार  सम्भव नभए पछि काठमाडौको कीर्तिपुरस्थित  वर्न अस्पतालमा लगिएको थियो । गम्भीर  घाइते  पिंकी देवी  साहको उपचारको क्रममा असोज १० गते  काठमाडौको कीर्तिपुरस्थित  वर्न अस्पतालमा मृत्यु  भयो ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला  अदालत  गौरबाट कर्तव्य   ज्यान मुद्दा   दर्ता गरि  थप अनुसन्धान  गरिरहेको जिल्ला  प्रहरी  कार्यालय  गौरका एसपी  दिलिप घिमिरेले बताउनुभयो ।

पिंकी देवीको रोशनसँग २०७९ फागुनमा मागी विवाह  भएको र उनीहरुको एक छोरा जन्मिएको थियो । गौर नगरपालिका  -२  माइती घरबाट  सुत्केरी  भएको ३५ दिन पछि घर फर्किएको केही दिनपछि  छोराको मृत्यु  भएको थियो  ।

शवको वर्न अस्पताल  कीर्तिपुरमा पोस्टमार्टम   गरि परिवारले  बुझेको प्रहरीले  जनाएको छ।


 गौरी  न्यौपाने