मजदुर दिवसबारे मजदुर नै अनविज्ञ
मे १ तारिख अर्थात् आज वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई नेपाल सरकारले सार्वजनिक बिदा समेत घोषणा गरेको छ । दिवसको अवसरमा कार्यालय र शैक्षिक संस्था तथा उद्योग कलकारखानासमेत बन्द रहेका छन् ।
जसको नाममा यो दिवस रहेको छ उसलाई नै यो दिवसले छोएको छैन । नेपालमा पञ्चायती व्यवस्था पश्चात, प्रजातन्त्र, लोकतन्त्र हुँदै सङ्घीय गणतन्त्र आएपनि दैनिक ज्याला मजदुरी गरेर दैनिकी गुजार्नेहरूको अवस्थामा भने कुनै परिवर्तन आएको छैन ।
विगत ३५ वर्षदेखि तानसेनमा ज्याला मजदुरी गर्दै आएका तानसेन नगरपालिका-६ बस्ने ५० वर्षीय बिन्तबहादुर नेपालीलाई भने यो दिवसबारे थाहै छैन । बिहान सबेरै नाम्लो हातमा लिएर कामको खोजीमा निस्कने नेपालीले आफूहरूकै नाममा रहेको मजदुर दिवसको कुनै पत्तो नरहेको अनुभव सुनाए ।
१२९ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन् । पाल्पामा पनि विभिन्न राजनीतिक दलसम्बद्ध मजदुर सङ्गठनहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन् । तर, ती कार्यक्रमले 'खास' मजदुरलाई छोएको पाइँदैन । अर्थात् आफूहरूको दिवसबारे मजदुरले नै थाहा पाउन सकेका छैनन् ।
तानसेन प्रेस अपरेटरको काम गर्दै आएका किसन पोखरेलले सरकारले यस्ता दिवसहरू मनाउने गरेपनि दिवसको प्रभाव लक्षित वर्ग (खास मजदुरहरू)ले महसुस गर्न नपाएको बताए । उनले भने-'सरकारले नीति मात्रै बनाउने र कार्यान्वयनमा चासो नदिँदा हुने खाने वर्गहरूले फाइदा उठाएका छन् ।'
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको सङ्घर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ । १७ औँ शताब्दीमा भएको सङ्घर्षले मजदुरहरूले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ । तर, यस दिनलाई २०६४ सालबाट मात्र आधिकारिक विदाको रूपमा घोषणा गरिएको हो ।
२००३ सालमा मोरङको विराटनगर जुट मिलका मजदुररहरूकै अगुवाई र आन्दोलनबाट नेपालमा प्रजातान्त्रिक आन्दोलन अगाडि बढेको थियो । मजदुरकै तहबाट देशमा प्रजातान्त्रिक आन्दोलनको जग स्थापना भएको थियो । दलैपिच्छे मजदुर सङ्गठन स्थापना गर्ने र निकटका व्यक्तिहरूलाई मात्रै सहभागी गराएर औपचारिक कार्यक्रमहरू गरिदा मजदुर दिवसको मर्म ओझेलमा परेको छ ।
दिउँसो मजदुर दिवस मनाएर बेलुका घर पुगेको मजदुर र उसको परिवार भोकै सुत्नु पर्ने विडम्बना अहिले पनि ज्यूँका त्यूँ छ । खासगरी शारीरिक श्रम गर्ने मजदुरहरूले अहिले पनि उचित ज्याला पाएका छैनन् । उनीहरूको समाजिक सुरक्षा छैन । कार्यक्षेत्रमा हुने दुर्घटनामा समेत औषधि उपचार नपाई मृत्युवरण गर्नुपरेको छ । यस्तो परिस्थितिको अन्त्यका लागि तहगत सरकारले यथोचित कदम चाल्नु उचित हुन्छ ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…