मजदुर जहिल्यै असुरक्षित !
कर्णाली प्रदेश, जाजरकोट जिल्लाबाट ५ महिना पहिले मजदुरी गर्न दार्चुला आएका ५५ वर्षीय भद्रबहादुर शाही र ५० वर्षीय नन्दी सिंहले एक महिनाअघि काम गरेबापतको ज्याला माग्दा ठेकेदारबाट कुटाइ खानु पर्यो । ठेकेदारले काम गरेबापतको ज्याला नदिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनीहरूले प्रहरीकै सामुन्ने कुटाइ खाएका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न पुगेका बेला ठेकेदारका प्रतिनिधिबाट कुटाइ खाँदा पनि उनले न्याय पाउन सकेनन् । उल्टै उनीहरूलाई ठेकेदारले धम्क्याएर कम रुपियाँ लिन बाध्य गराए । काम गरेको रुपियाँ माग्न उजुरी गरेको तीन दिनपछि बल्लतल्ल प्रहरीको सहयोगमा ज्याला पाए । प्रतिदिन मिस्त्री काम गरेबापत ८ सय रुपियाँ दिने भनी ल्याइएका उनीहरूले भने अनुसारको ज्याला नपाएपछि उजुरी गरेका थिए ।
यो प्रतिनिधि मूलक घटना हो । अहिले पनि मजदुरहरूले कम पारिश्रमिकमा श्रम गर्नुपरेको पीडा उनीहरूसँग छ । गाउँमा रोजगारीको अर्को माध्यम नहुँदा र परिवारका सबै सदस्य बेरोजगार हुँदा पेट पाल्नकै लागि जिल्लाबाहिरबाट थुप्रै मजदुर दार्चुला आउने गरेका छन् ।
२०५१ सालदेखि दार्चुलामा मजदुरीको काम गरिरहेका बझाङ बुङ्गल नगरपालिकाका दलबहादुर बोहरा काम गरेपनि तोकिएअनुसारको ज्याला नदिने गरेको गुनासो गर्छन् । 'दिनभर भारी बोकेर पसिना चुहाँउँदा पनि भारी बोकेबापतको रकम माग्दा उल्टै गाली खाइन्छ ।'-उनले भने ।
उसै पनि सरकारी ज्यालादर कम तोकिएको छ । त्यो पनि ठेकेदारहरूले समयमै मजदुरलाई ज्याला नदिँदा समस्यामा पर्ने गरेको जिफन्टका जिल्ला अध्यक्ष अर्जुन ओखेडाले बताए ।
दार्चुलामा भारतको बिहारदेखि लिएर कर्णाली प्रदेश र ७ नम्बर प्रदेशभरिका कामदार कामको लागि यहाँ आएका छन् । हालसम्म ५ सय बढी मजदुर सङ्गठित भएपनि अझै कयौँ मजदुर सङ्गठित भएका छैनन् । सङ्गठित हुनुपर्छ भन्ने चेतना अभावले पनि मजदुरको हकहितमा काम गर्न नसकिएको ओखेडाको भनाई छ ।
१२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइरहँदा दार्चुलाका मजदुरहरू आफ्नै काममा व्यस्त रहे । उनीहरूलाई न त दिवस बारे थाहा थियो न त आफूहरूले पाउने दैनिकी ज्यालाबारे नै !
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…