मजखोरी माध्यमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित
छविसपाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यमिक विद्यालयमा विगत लामो समयदेखि गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ प्रभावित भएको छ ।
गणित र विज्ञान विषयका शिक्षक नहुँदा विद्यार्थीको पढाइ नै अवरूद्ध भएको मजखोरी माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्तबहादुर मण्डलले बताउनु भयो ।
कक्षा ९ र १० मा विज्ञान र गणित विषय पढाउने शिक्षक नपाउँदा विद्यार्थीलाई समस्या भएको प्रधानाध्यापक मण्डलले बताउनु भयो । शिक्षक नियुक्ति गर्न तेस्रो पटक विज्ञापन खोलिए पनि आवेदन नपर्ने गरेको मण्डलको भनाइ छ । ६ महिनादेखि विद्यालयमा शिक्षक अभाव हुँदा गणित र विज्ञान विषय पढ्न नपाएको कक्षा १० मा अध्यनरत छात्र निरज मण्डलले बताउनु भयो ।
सरकारले अध्यापन अनुमति पत्रलाई अनिवार्य गराएपछि विषयगत शिक्षकको अभाव झेल्दै आएका कारण विद्यालयमा तेस्रो पटक विज्ञापन खोल्दा पनि शिक्षक पाउने, नपाउने निश्चित भएको छैन् । विज्ञापन खोल्दा आवेदन नपर्ने भएपछि विद्यालयले अहिले अध्यापन अनुमति–पत्र नभए पनि हुने गरी विज्ञापन माग गरेको छ ।
छविसपाथिभेरा गाउँपालिका ७ का वडाध्यक्ष विजय धामीले शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएपछि गाउँपालिकासँग समन्वय गरेर विज्ञापन गर्न लगाइएको भए पनि समस्या समाधान हुन नसकेको बताउनु भयो ।
यथासक्य समस्या समाधान हुनेगरी रिक्त शिक्षक दरबन्दी हुनेगरी कार्य सम्पादन गर्न गाउँपालिकाको शिक्षा समितिलाई समेत अनुरोध गरिएको उहाँले बताउनु भयो ।
शिक्षक पदपूर्तिका लागि धेरै पटक विज्ञापन गरिएको भए पनि माग गरिएका अनुसारको आवेदन नपर्दा समस्या समाधान गर्न नसकिएको छविसपाथिभेरा गाउँपालिका शिक्षा शाखाका संयोजक हरिचन्द्र कडायतले बताउनु भयो ।
आवेदन नै नआउने गरेको कारण हाल शिक्षण अनुमति प्रमाण–पत्र नभएकाहरुले पनि आवेदन दिन सक्ने गरी पुनः विज्ञापन गरिएको र शिक्षक पदपूर्तिका लागि लोकसेवा आयोगलाई पनि जानकारी गराइएको उहाँले बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…