मङ्सिर १० गते दुवै तहको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आगामी मङ्सिर १० गते प्रदेश र सङ्घीय संसदको निर्वाचन एकै पटक र एकै चरणमा गर्ने निर्णय गरेको राससले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भदौ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र सङ्घको निर्वाचन एकै दिन मङ्सिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।


अनलाइन डेस्क