मगरबस्तीमा अवधि भाषाका प्रचार सामग्री पुगेपछि मतदाता अन्यौलमा
घोराही उपमनपा–४ सवारीकोटस्थित प्रावि सवारीकोटमा मैथली भाषाको निर्वाचन प्रचार सामग्री पुगेपछि स्थानीय मतदाता अन्यौलमा परेका छन् ।
२ सय ५० घरधुरी रहेको मगर जातिको बस्तीमा मैथली भाषाको निर्वाचन प्रचार सामग्री पुगेको स्थानीय रविलाल घर्तीले बताए । उनले मगर बाहुल्यता रहेको बस्तीमा मैथली भाषाका मतदानकालागि प्रचार सामग्री ल्याउँदा आफूहरू अन्यौलमा परेको गुनासो गरे ।
कुल ७ सय ४८ मतदाता रहेको सवारीकोटमा सबै प्रचार सामग्री मैथली भाषामा पुगेपछि स्थानीयले विरोध गरेका थिए । त्यसपछि प्रचार सामग्री वितरण रोकिएको छ ।
यसैगरी घोराही उपमहानगरपालिका–२ रामपुरमा पनि अवधि भाषाका प्रचार सामग्री पुगेको स्थानीयले बताए । थारू, बाहुन, क्षेत्रीको बाहुल्यता रहेको गङ्गा मावि मतदान केन्द्रमा अवधि भाषाका प्रचार सामग्री पुगेको पाइएको हो ।
त्यस्तै घोराही उपमहानगरपालिका–४ गोग्लीमा पनि अवधि भाषाका निर्वाचन प्रचार सामग्री पुगेको मुनाल घिमिरेले बताए । निर्वाचनको मुखैमा हाते पुस्तिका, पम्प्लेट अवधि र मैथली भाषामा लेखिएका सामग्री पुगेपछि मतदान गर्ने तरिकाका विषयमा समस्या भएको स्थानीयले आरोप लगाएका छन् ।
निर्वाचन कार्यालयले नै फरक भाषाका सामग्री पठाएको भन्दै त्यसलाई वितरण नगर्ने निर्णयमा पुगेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए । उनले थप नेपाली भाषाका सामग्री नै नभएकाले अन्य भाषाका सामग्री पुगेको ठाउँमा पुनः पठाउन नसकिएको बताए ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…
बलात्कार घटनाका आरोपित गरिफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ । पीडित बालिकालाई आरोपितले दुई…