मकालु खबरका मधेस प्रदेश संयोजकमाथि कुटपिट
सहिदनगर नगरपालिका–८, विसहरपुर का २८ वर्षीय सिबेन्द्र रोहितामाथि ०८० असार २५ गते राति जनकपुरधामको भानु चोकमा कुटपिट भएको छ । रोहिता मकालु खबरका मधेस प्रदेश संयोजक हुन् ।
धनौजी गाउँपालिकामा भएको अनियमितताविरुद्ध असार २३ गते शनिबार ‘धनौजी गाउँपालिकाः हाकिमको रवैयाका कारण स्थानीय उपभोक्ता मार्कामा’ शीर्षकमा ‘पालिकामा अनियमितताको चाङ्ग, बाउन्सर राखेर काम गर्दै हाकिम’ उपशीर्षकको समाचार मकालु खबरकर्मी सिबेन्द्र रोहिताले ‘बाइलाइन’ प्रकाशित गरेका थिए । सोही निहुँमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जित यादवको निर्देशनमा बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडीमा आएका युवाहरूले आफूमाथि कुटपिट गरेको पीडितको आरोप रहेको छ । स्थानीयले प्रतिकार गरेपछि ती युवाहरू भागेका थिए उहाँले बताउनु भयो ।
कुटपिटमा संलग्न आरोपितहरू महोत्तरी जिल्ला, भङ्गाहा नगरपालिका, हरिनमरिन टोलमा घर भएका अधिकृत यादवका भाइ स्वीटा भन्ने ३० वर्षीय सुनिल अधिकारी, बिल्ला भन्ने २९ वर्षीय सोनु कर्ण, र मिठ्ठु रहेको पत्रकार रोहिताले बताउनु भयो । हतियार सहित आएका आरोपितहरूलाई पक्राउ गर्नुको सट्टा भगाउन प्रहरीले भूमिका खेलेको पीडित पत्रकार रोहिताको आरोप रहेको छ ।
यता धनुषा जिल्ला प्रहरी कार्यालयका एसपी विश्वराज खड्काले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिनु भयो । ‘प्रारम्भिक जानकारी अनुसार दुवैतर्फ घाइते भएको कुरा छ,’ उहाँले भन्नु भयो, ‘पत्रकार पक्षसँग कुरा हुन पाएको छैन,’ ‘अधिकृत मुछिएकाको तर्फको भनाई अनुसार साथी साथी बिच विवाद हुँदा हात हालाहाल भएको हो ।’ घटनाको अनुसन्धानका लागि सिसिटिभी फुटेज मगाइएको छ, उहाँले बताउनु भयो ।
पीडित पत्रकार रोहिताको जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । पत्रकार रोहिता काठमाडौं (ललितपुरको एक अस्पताल) मा उपचार भइरहेकोले कुरा हुन नपाएको एसपी खड्काले जानकारी दिनु भयो । ‘घटना जुनसुकै निहुँमा भएको भएपनि दोषीलाई कारबाही हुन्छ, मैले ललितपुर प्रहरीसँग समन्वय गरिरहेको छु । दुवै पक्षको कुरा सुनेर,’ ‘वास्तविक कुरा पत्ता लगाई दोषीमाथि आवश्यक कारबाही त हुन्छ नै, उहाँले भन्नुभयो ।’
अजयकुमार साह
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…