मकवानपुरमा आचारसंहिता उल्लङ्घनका ३३ ओटा उजुरी
स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनमा जिल्लामा आचारसंहिता उल्लङ्घनका घटना बढिरहेका छन् । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल चुनावी अभियानमा छन् भने उनीहरूको प्रचार प्रसारको क्रममा आचारसंहिता उल्लङ्घनका घटना पनि बढिरहेका हुन् ।
आचारसंहिता उल्लङ्घन गर्नेमा दलका नेता, सरकारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र सरकारी सेवा उपभोग गर्ने व्यक्तिदेखि पत्रकारसम्म रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा वैशाख २५ गतेसम्म आचारसंहिता उल्लङ्घन गरेको भन्दै ३३ ओटा उजुरी परेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घनको सूचीमा सबैभन्दा बढि सरकारी सेवा सुविधा लिने कर्मचारीहरू दलको प्रचारप्रसारमा हिडेको पाइएको छ । यसपटक पत्रकार पनि आचारसंहिता उल्लङ्घनमा देखिएका छन् ।
मकवानपुरमा दैनिक चार–पाँच ओटा आचारसंहिता उल्लङ्घनका उजुरी आउने गरेको र उनीहरूलाई प्रकृति अनुसार स्पष्टीकरण सोधिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा खटाईएका केही कर्मचारीलाई त आचारसंहिता उल्लङ्घन गरेको पाइएपछि स्पष्टीकरण लिँदै निर्वाचन प्रकृयामा सामेल नगराई फिर्ता बोलाइएको छ ।
आचारसंहिता उल्लङ्घनमा विशेष गरी फेसबुकमा उम्मेदवारको प्रचार गर्ने, चुनावी अभियानका फोटो हाल्ने, आफू नै चुनावी अभियानमा संलग्न हुने, आफैंले प्रचार सामग्री बनाएर सामाजिक सञ्जालमा हाल्ने, चुनावी कार्यक्रममा भाषण गर्ने जस्ता गतिविधि भएको पाइएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो ।
आचारसंहिता उल्लङ्घनको सूचना दिने कार्यमा सञ्चारमाध्यमले बढि सहयोग गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…