भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न
इन्सेक कार्यालय नेपालगञ्ज मातहतका जिल्लाका इन्सेक प्रतिनिधिले विभिन्न सङ्घ संस्थासँगको सहकार्य/समन्वयमा भदौ २३ गते भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न गरेका समाचार प्राप्त भएका छन् । भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता "म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु" भन्ने मूल नाराका साथ आयोजना गरिएको हस्ताक्षर अभियानमा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कार्यालयका प्रतिनिधिले हस्ताक्षर गरेको इन्सेकका सम्बन्धित जिल्लाका प्रतिनिधिले जनाएका छन् ।
बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार इन्सेक, आइएचारसी, उच्च अदालत तुल्सीपुर इजलास नेपाल वार एशोसियसन, नेपाल पत्रकार महासङ्घ, एफडब्लुएलडी, उपभोक्ता हित संरक्षण मञ्च, गैसस महासङ्घलगायतका संस्थाको आयोजनामा भदौ २३ गते नेपालगञ्जमा भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
उद्योग वाणिज्य सङ्घको कार्यालयबाट भ्रष्टाचार विरुद्धका प्लेकार्ड र व्यानरसहितको र्यालीले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो । कोणसभामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी र सामाजिक संघसस्थ्ाका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजयप्रसाद श्रीवास्वले भ्रष्टाचार विरुद्धको अभियानमा हस्ताक्षर गर्दै भ्रष्टाचारलाई शुन्यमा झार्ने प्रतिवद्धता जनाए ।
नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले आफू भ्रष्टाचारको विरोधी भएको बताउँदै आफ्नो कार्य क्षेत्रमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाइन् । उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले भ्रष्टाचार विरुद्ध हस्ताक्षर गरेका थिए । हस्ताक्षरसहितको व्यानर जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तव र उपमेयर थापालाई हस्तान्तरण गरिएको आइएचआरसीका अध्यक्ष विश्वजीत तिवारीले बताए ।
कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार इन्सेक, नागरिक समाज सञ्जाल, किर्डाक आरडिएन, सहास, आरआरएन लगायतका सङ्घसंस्थाको संयुक्त आयोजनामा भदौ २३ गते मान्ममा भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
"भ्रष्टचार विरुद्ध शुन्य सहनशीलता, म सबैखाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिवद्ध रहने छु" भन्ने मूल नाराका साथ अभियानको सुरुवात गरिएको हो । सोही नारा लेखएको प्रतिवद्धता व्यानरमा नगर प्रमुख, गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, विभिन्न सङ्घसंस्था, पत्रकार, राजनीतिक दललगायतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरसहितको व्यानर बुझ्दै खाँडचक्र नगरपालिकाका प्रमुख जस्रि्रसाद पाण्डेले प्रतिवद्धता कार्यान्वयन गर्ने आश्वासन दिए । सूचनाको हकको प्रत्याभूत गराउँदै भ्रष्टाचार अन्त्यका लागि कटिवद्ध भएर लाग्ने उनको प्रतिवद्धता छ ।
प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार इन्सेक, हरप्लेस, नेपाल पत्रकार महासङ्घ, गैसस महासङ्घलगायतका सङ्घसंस्थाको आयोजनामा भदौ २३ गते खलंगामा भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
र्यालीपछिको कोणसभामा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले घुस लिने दिने दुवै भ्रष्टाचारी हुने भन्दै व्यक्तिगत रूपमा सबै जिम्मेवार बन्नुपर्ने बताए । 'म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न, सहन्न' भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख पदमबहादुर थापाले राज्यसँगै निजी क्षेत्र, गैसस क्षेत्र सबै भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय हुनुपर्ने बताए ।
उनले स्थानीय स्तरबाटै यो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले केन्द्र देखि स्थानीय तहसम्म भ्रष्टाचार हुने गरेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि बनेका नीति नियमको व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्ने बताए ।
उनले प्यूठान नगरपालिकाले भ्रष्टाचार निवारण र पारदर्शिताका लागि नीति तथा कार्यक्रम बनाएको बताए । कार्यक्रममा सहभागीले प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरेका छन् ।
सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्ला समन्वय समिति, इन्सेक, सुन्दर नेपाल, आवाज, पत्रकार महासङ्घ, गैसस महासङ्घ, वातावरण सुधार समाज र स्याक नेपालको संयुक्त आयोजनामा भदौ २३ गते वीरेन्द्रनगरमा भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लास्थित सम्पूर्ण स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनमा हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले शक्तिको आडमा गरिने भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन कायम गर्न नसकिने विषयमा जोड दिए । प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले समाजमा आडम्वरी प्रदर्शन गर्नका लागि भ्रष्टाचार मौलाएको प्रति चिन्ता व्यक्त गरे ।
सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार इन्सेक लगायतका सामाजिक सङ्घ/संस्थाको आयोजनामा भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान भदौ २३ गते सदरमुकाममा र्यालीसहित हस्ताक्षर सङ्कलन गरिएको छ ।
र्यालीपछि आयोजना गरिएको कोणसभामा शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतले भ्रष्टाचार हरेक स्थानमा भइरहेको बताउँदै सबै चनाखो हुनु जरुरी रहेको बताइन् । उपप्रमुख बस्नेतले शारदा नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउन आफ्नो पहिलो उद्देश्य रहेकाले आफू प्रतिवद्ध भई भ्रष्टाचारका विरुद्ध लाग्ने आश्वासन दिइन् ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भ्रष्टाचार विरुद्धको अभियानमा आफ्नो पूर्ण प्रतिवद्धता रहेको बताउँदै भ्रष्टाचार न्यूनीकरणका लागि जिल्लामा कृयाशील सम्पूर्ण व्यक्तिले पारदर्शी र उत्तरदायी भएर लाग्नु पर्ने सुझाव दिए ।
कोणसभामा जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर विष्टले भ्रष्टाचारमुक्त अभियानका लागि जिल्ला समन्वय समिति सदैव प्रतिवद्ध रहेको बताए ।
बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार इन्सेक, रामज्ञानु एफएम, कर्मशील नेपाल, गैसस महासङ्घ र मानव अधिकार निगरानी समूहको आयोजनामा मधुवन नपा परिसरमा भदौ २३ गते भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न भएको छ ।
स्ताक्षरसहितको प्रतिवद्धता व्यानर बुझ्दै मधुवन नपाका मेयर गणेशबहादुर केसीले आफ्नो तहमा भ्रष्टाचार अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, स्थानीय नागरिकले व्यानरमा हस्ताक्षर गरेको थिए ।
गैसस महासङ्घका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले देशमा भइरहेको सबै खाले भ्रष्टाचार विरुद्ध जिम्मेवार निकायलाई जबाफदेही बनाउन नागरिक तहमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान गरिएको बताए ।
रोल्पा प्रतिनिधि माधवकुमार वलीका अनुसार इन्सेक, मानव अधिकार सचेतन केन्द्र (हुरेक) र मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) को आयोजनामा लिबाङमा भदौ २३ गते र्याली निकाली जिल्ला प्रशासन कार्यालयको हलमा भ्रष्टाचार विरुद्ध हस्ताक्षर सङ्कलन गरिएको छ । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि र सरकारी कार्मचारीहरुले भ्रष्टाचार विरुद्ध हस्ताक्षर गरेका थिए ।
डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार इन्सेक र नागरिक समाजको आयोजनामा भदौ २३ गते दुनैमा भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
जनप्रतिनिधिहरू असल आचरण तथा भ्रष्टाचार विरोधी हुन सके मात्र जनअपेक्षा अनुसारका कार्य हुन सक्ने भएकाले "म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहने छु" भन्ने नारा लेखिएको व्यानरमा जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखबाट हस्ताक्षर गर्राई उक्त व्यानर स्थानीय जनप्रतिनिधिलाई नै बुझाइएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।
दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार इन्सेक, नेपाल पत्रकार महासङ्घ, सुन्दर नेपाल र गैसस महासङ्घको आयोजनामा भदौ २३ गते भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, चार नगरपालिकाका प्रमुख, सात गाउँपालिकाका अध्यक्ष, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी कार्यालयका प्रतिनिधि सहभागी रहेको अभियानमा सबैले हस्ताक्षर गरेका थिए । सङ्कलित हस्ताक्षर सहितको व्यानर बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले भ्रष्टाचार न्यूनीकरणमा पहल गर्ने प्रतिवद्धता जनाए ।
इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार भ्रष्टाचार तथा अनियमिततालाई न्यूनीकरणका लागि भ्रष्टाचार विरुद्धको हस्ताक्षर सङ्कलन गरी जिल्ला समन्वय समिति जुम्लाका संयोजक लालबहादुर सार्कीलाई हस्तान्तरण गरिएको छ ।
हस्ताक्षर बुझ्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले व्यक्तिगत स्वार्थका कारण देशमा भ्रष्टाचार मौलाएको भन्दै अब जनप्रतिनिधिहरूले यसका विरुद्धमा कडा कदम चाल्ने बताए । भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता तथा म सबै खाले भ्रष्टचारको विरोध गर्दै, सदाचारप्रति प्रतिबद्ध रहने छु भन्ने नाराका साथ जुम्ला सदरमुकाममा हस्ताक्षर अभियान सम्पन्न गरिएको हो । ५ सय ८३ जनाले भ्रष्टाचार विरुद्धको अभियानमा हस्ताक्षर गरेका छन् ।
इन्सेक जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार भष्ट्राचार विरुद्घ राष्टिय हस्ताक्षर अभियान अन्तर्गत जाजरकोटमा पनि हस्ताक्षर अभियान सम्पन्न भएको छ । सदरमकाम खलंगाको ठाँटीबजार बाट प्लेकार्ड र व्यानर सहितको टोलीले बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको हलमा पुगी कार्यक्रम गरिएको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानीप्रसाद शर्माको अध्यक्षतामा भएको भष्ट्राचार विरुद्ध राष्टिय हस्ताक्षर अभियान कार्यक्रममा जिल्ला न्यायधिस लिलाराज अधिकारीले जबसम्म देशका नीति निर्माण तहमा बसेका व्यक्तिहरूले भष्ट्र आचरण लाई सुधार गर्दैनन् तबसम्म मुलुकमा यो समस्या भयाबह रहिरहने बताए ।
नागरिक अगुवा राजेन्द्रविक्रम शाहले यो कार्यक्रम औपचारिकताका लागि नभइ अब सुधारका लागि हुनु पर्ने र भ्रष्ट आचरण भएकालाई कडा रूपमा दण्डको व्यवस्था हुनुपर्ने बताए । कार्यक्रम जिल्ला समन्वय समितिको आयोजना र इन्सेक, नेपाल पत्रकार महासङ्घ, सुशासन हेल्भेटास, गैर सरकारी संस्था महासङ्घको सहजीकरणमा भएको थियो ।
इन्सेक दाङ प्रतिनिधि जेएन सागरका अनुसार दाङका जनप्रतिनिधिहरूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाउने प्रतिवद्धता जनाएका छन् ।
इन्सेक, नागरिक समाज दाङ, नेपाल पत्रकार महासङ्घ दाङ र ग्रामीण महिला उत्थान केन्द्र दाङको संयुक्त आयोजनामा भदौ २३ गते घोराहीमा गरिएको भ्रष्टाचार विरुद्धको हस्ताक्षर सङ्कलन अभियानमा सहभागि हुँदै जनप्रतिनिधिहरूले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने प्रतिवद्धता जनाएका हुन् ।
'म घुस खान्न, दिन्न र सहन्न, म सबैखाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु' भन्ने नारासहित भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलतासम्बन्धी राष्ट्रिय हस्ताक्षर अभियानमा सहभागिता जनाउदै दाङका नौ वटा स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, समन्वय समितिका सदस्यहरू, घोराही उपमहानगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरूले प्रतिवद्धतासहितको व्यानरमा हस्तारक्षर गरेका हुन ।
हस्ताक्षरपछि बोल्दै जिल्ला समन्वय समिति दाङका संयोजक जीतेन्द्रमान नेपालीले भ्रष्ट आचरणविरुद्ध काम गर्ने प्रतिवद्धता जनाए । नेपालीले उक्त व्यानर कायकक्षमै टाँस्ने बताए ।
इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम
जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्न नमिल्ने कानुनी प्रावधान भए पनि मुगुमा बालविवाह कायमै रहेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । आरोपित महराले…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनुभएको छ । घरमा कोही नभएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-२ का ३७ वर्षीय कृष्ण धोवीलाई प्रहरीले ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १९ गते बलात्कार गरेको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० चैत १२ गते बलात्कार गरी फरार…