भ्रष्टाचार रोक्न सबैको सहयोग आवश्यकः प्रधानन्यायाधीश कार्की
सर्वोच्च अदालतका प्रधानन्यायाधीश शुसिला कार्कीले अदालतमा हुने भ्रष्टाचारका विरुद्धमा आफू सक्रिय भएर लाग्ने बताउँदै सबैको सहयोग आवश्यक रहेको बताएकी छन् ।
सर्वोच्च अदालतले भदौ १० गते विराटनगरमा आयोजना गरेको न्यायिक सुशासन र न्यायमा पहूँच विषयक अन्तरक्रियामा प्रधानन्यायाधीश कार्कीले न्याय क्षेत्रमा भ्रष्टाचार हुने कुरा नकार्न नसकिने भन्दै यसलाई निर्मूल पार्न सबैको सहयोगको खाँचो रहेको बताएकी हुन् ।
उनले भ्रष्टाचार भयो भन्ने जानकारी आएपनि कहाँ र कसरी भयो ? भनेर ठोस विषय नआउँदा नियन्त्रण गर्न असजिलो हुने गरेको बताइन् । उनले कानुन व्यवसायीले सहयोग नगरेका कारण अदालतमा हुने भ्रष्ट्राचार रोक्न नसकिएको समेत बताइन् । उनले भनिन्-'एन्टीकरप्सनमा म सक्रिय छु । यसमा कानुन व्यवसायीले सघाउनुहुन्छ भन्ने छ ।'
उनले न्याय क्षेत्रमा लागेका कोही गाडी चढेर हिड्ने तर कसैलाई कात्रो समेत किन्न पैसा नहुने हुनाले पनि भ्रष्टाचार भएको अनुमान गर्न सकिने भन्दै यसमा अनुमगन र मुल्याङ्कन गर्न जरुरी रहेको बताइन् ।
कतिपय मुद्दाहरूमा प्रहरीले जाहेरी नलिँदा परमादेशमा जानुपरेकाले खर्च बढेको, तारेख लिन १० बजे बोलाउने र तारिख एक घण्टामा दिने भनिए पनि १० बजे बोलाएर पाँच बजे तारेख दिने गरिएको कानुन व्यवसायीले गुनासो गरेका छन् ।
इन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…