भौगोलिक विविधता र अव्यवस्थित बसाई सराईका कारण बालबालिकाहरू स्वास्थ्य र शिक्षा सेवाबाट प्रभावित
भौगोलिक विविधता र अव्यवस्थित बसाई सराईका कारण बालबालिकाहरू स्वास्थ्य र शिक्षा सेवाबाट प्रभावित हुने गरेका छन् ।
रोल्पाको सुनछहरी गाउँपालिकाका सबैजसो वडाहरूमा गोठ सार्ने चलन रहेको छ । खेतीपाती टाढा भएकाले अन्नबाली लगाउन, भित्र्याउन तथा खेतबारीमा मलजल गर्न पशु चौपायासँगै गोठ सार्ने र गोठमै बस्ने प्रचलन रहेको छ ।
यहाँका स्थानीयहरू महिनैपिच्छे फरक फरक ठाउँमा गोठ सार्ने गर्दछन्, गोठमा पुग्नै गाउँदेखि एक दिनसम्म लाग्ने गर्दछ । यहाँका बालबालिकाहरू भने गोठबाटै हिडेर विद्यालय पुग्ने गर्दछन्, लामोबाटो हिडेर समयमा विद्यालय नपुग्दा कहिलेकाही हाजिरी छुट्ने गरेको जनता आधारभुत विद्यालय कक्षा ६ मा अध्यनरत १२ वर्षीया सिता बुढामगरले बताउनु भयो ।
समयमै गोठ नपुग्दा विद्यालयमा दिएको गृहकार्य गर्ने समयसमेत नहुने सिताको भनाइ रहेको छ । गोठमा पशु चौपायाको धन्दा गरि खाना पकाएर खाँदा ढिलो भएकाले विद्यालय पुग्न नसक्दा बाटोबाटै फर्किनु पर्ने बाध्यता रहेको जनता आधारभुतकै कक्षा ६ मा अध्यनरत १३ वर्षीया गिता बुढामगरले बताउनु भयो ।
पशुचौपायाँगै गोठमा बस्ने परम्पराले बालबालिकाहरू नियमित खोप लगाउनबाट समेत वञ्चित भएका छन् भने नियमित स्वास्थ्य जाँचबाट बञ्चित भएका छन् ।
गोठमा पालिएका पशुचौपाया एवम काम धन्दाले फुर्सद नपाउनु र लामो बाटो बालबच्चासँग हिड्न गाह्रो हुने जस्ता कारणले बालबालिकाहरू नियमित खोप तथा वृद्धि अनुगमनलगायत स्वास्थ्य चेकजाँचबाट वञ्चित हुन परेको सुनछहरी गाउँपालिका– २ का स्थानीय ३९ वर्षीया पुर्मला कामीले बताउनु भयो ।
लेकमा गोठ सार्दा लामो समयसम्मका लागि रासन लगायत आवस्यक सामग्रीहरू लिएर जानेहुँदा लामो समयसम्म गोठमै बस्नु पर्ने अवस्थाले कहिलेकाही बालबालिकाको पोलियो थोपा तथा अन्य विभिन्न खोप लगाउन समेत छुट्ने गरेको कामीले बताउनु भयो ।
एकठाउँमा लगाएको अन्न बालीले १२ महिना खान नपुग्ने, खेतबारी टाढा हुने, अन्नबाली लगाउने तथा भित्राउने , खेतीबारीमा मल बटुल्ने र खनजोत गर्न पनि एक–दुई महिनाको अन्तरालमा गोठ सारी रहनु पर्ने जस्ता बाध्यताले बालबालिकाहरूको नियमित स्वास्थ्य जाँचमा समस्या हुनुका साथै विद्यालयसमेत छुट्ने समस्या भएकोस्थानीय कर्मला विकले दुखेसो गर्नु भयो ।
आर्थिक अवस्था बलियो भएकाले आफ्ना बालबालिकाहरूलाई जिल्ला सदरमुकाम र बाहिरी जिल्ला पढाउने गरेका छन् । आर्थिक अभावकै कारण थुप्रै विद्यार्थीहरूले विद्यायल छाडेर कमाउन जाने गरेको विकको भनाई रहेको छ ।
उक्त समस्या समाधानको निम्ति स्थानीय सरकाले पहल गर्नुपर्ने स्थानीय दलबहादुर पुन मगरको भनाई रहेको छ ।
भौगोलिक विविधता र अव्यवस्थित बसाई सराइका कारण बालबालिकाहरूको नियमित स्वस्थ्य जाँच तथा विभिन्न समयमा बालबालिकालाई लगाइने खोपमा समेत नियमितता नहुने गरेको सुनछहरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जगतबहादुर बुढाले बताउनु भयो ।
तिलक जिएम
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…