भौगोलिक विकटता र हिउँले भरिएकाे बाटोबाट खोप स्वास्थ्य केन्द्र सम्म पुर्याउनै समस्या
म्याग्दीको सबै भन्दा दुर्गम धवलागिरी गाउँपालिका– १ गुर्जामा भौगोलिक विकटता र कठ्याङ्ग्रीने चिसो र हिउँले भरिएको बाटोबाट खोप स्वास्थ्य केन्द्र सम्म पुर्याउनै समस्या रहेको छ ।
म्याग्दी जिल्लामा फागुन १६ देखि २१ सम्म सञ्चालन भै रहेको दादुरा रुवेला खोप अभियानका लागि गुर्जामा खोप पुर्याउन निकै कठिन थियो । तर कठिन अवस्था भए पनि गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले बालबालिकाको स्वस्थ्य जीवनका लागि आफ्नो स्वास्थ्यलाई जोखिममा राख्दै हिउँ छिचोल्दै खोप बोकेर स्वास्थ्य केन्द्रमा पुर्याउनु भएको छ ।
धवलागिरी गाउँपालिकाको केन्द्र मुनाबाट खोप लिएर समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइको देउराली पुगेर फेरी तल झरेर नौ घण्टा लामो पैदल यात्रा गर्दै खोप बोकेर गुर्जा पुग्नु पर्छ ।
चाँडो हिड्न सक्ने स्थानीयलाई ६ देखि सात घण्टाको पैदल यात्रा पार गरेपछि मात्रै लुलाङबाट गुर्जा पुगिन्छ । गुर्जाबाट मानव बस्ती सँग जोड्ने सबै भन्दा नजिकको बस्ती लुलाङ रहेको धवलागिरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सम्झना केसीले बताउनुभयो । म्याग्दी जिल्लाको अति विकटमा पर्ने वडामा रहेको स्वास्थ्य चौकीका खोप पुर्याउनु पर्ने गोरेटो बाटोमा हिमपातले गर्दा यात्रा पुरा गर्न अन्य दिनभन्दा बढी समय लागेको उहाँको भनाई छ । उहाँले भन्नुभयो–‘अरु कुरा भनेको हामीले खेप्दै आउने दुख हो तर यस पटक खोपलाई सुरक्षित साथ गुर्जामा पुर्याउनुपर्ने थियो, हिउँमा यात्रा गरी खोप सुरक्षित तरिकाले स्वास्थ्य चौकीमा पुर्याइयाे ।’
१६ गते देखि थालिने खोप अभियानका लागि धवलागिरी गाउँपालिका– ७ ताकममा खोप भण्डारण गरिएको थियो । खोप लिनका लागि स्वास्थ्य चौकीले कार्यालय सहयोगीलाई पठाएकोमा उहाँले हिउँ छिचोल्दै भए पनि समयमै खोप केन्द्रमा पुगेपछि १६ गते नै खोप लगाई सकिएको धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सुवेदीले बताउनुभयो ।
गुर्जामा ९ महिना देखि ५ वर्ष मुनिका ४० जना बालबालिका रहेकोमा २० बालिका र १० जना बालकलाई खोप लगाइएको छ । एक जना बालिकामा स्वास्थ्य समस्या भएको कारणले गर्दा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि संगको समन्वय पछि खोप नलगाएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । गुर्जामा खोप अभियान थालेको पहिलो दिनमै सकिएको उहाँको भनाई छ ।
म्याग्दी जिल्लामा ९ महिना देखि ५ वर्ष मुनिका ६ हजार ५ सय ७० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । जिल्लामा १ सय ५० खोप केन्द्रमा १ सय ५० स्वास्थ्यकर्मी र ३ सय स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
खानेपानीको समस्या झेल्दै रारा गाउँबासी
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा…