भोट नदिएको भन्दै कुटपिट गरेको आरोप
किस्पाङ गापा-१ भाल्चेकी २૪ वर्षिया मन्जुमाया घलेलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले रुख चिन्हमा भोट नदिएको आरोप लगाउँदै कुटपिट गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ खतिवडाले जेठ ११ गते विज्ञप्ति निकाल्दै जेठ १० गते राति पीडित घलेलाई किस्पाङ गापा-१ बाट पराजित उम्मेदवार शुकबहादुर घलेको निर्देशनमा उनका कार्यकर्ताले हात गोडामा खादा र तारले बाँधी मुख र आँखामा पट्टि बाँधेर मरणासन्न हुनेगरि निर्घात कुटपिट गरेको उल्लेख गरेको छ ।
काङ्ग्रेसलाई भोट नहालेको र माओवादी केन्द्रको पक्षमा प्रचार गरेको आरोपमा नेपाली काङ्ग्रेसका कार्याकर्ताले कुटपिट गरेको सो पार्टीको आरोप छ ।
नेपाली काङ्ग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारिले घटनामा आफ्नो दलको संलग्नाता नभएको बताएका छन् । जेठ १२ गते इन्सेक प्रतिनिधिसँग कुरा गर्दै उनले भने-"एक हप्तादेखि शुकबहादुर घले काठमाडौँमा हुनुहुन्छ । काठमाडौँमा भएको मान्छेले कुटपिट गरेको भनिएको छ । यो कसरि सम्भव हुन्छ ? घटनामा हाम्रो पार्टीका कार्यकर्ता संलग्न छैनन् ।"
घाइते मञ्जुको उपचार त्रिशूली जिल्ला अस्पतालमा भइरहेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ खतिवडाले दोषीलाई कारबाही गर्न माग गरेका छन् । जेठ १२ गते बिहानसम्म पीडित पक्षले प्रहरीमा उजुरी दिएको छैन ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…