भैरहवा बाल सुधार गृहमा झडप, डिएसपीलगायत दुई जना प्रहरी घाइते
भैरहवास्थित प्रदेश स्तरीय बाल सुधार गृहमा असार ७ गते झडप हुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेल र प्रहरी जवान टोपबहादुर रखाल मगर घाइते भएका छन् ।
बाल गृहमा बस्ने १८ वर्ष उमेरमाथिका किशोरहरूलाई स्थानान्तरण गर्ने तयारीको बिरोधमा रहेका किशोरहरूले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन् ।
आक्रमणबाट घाइते भएका डिएसपी पौडेलको टाउँकोमा काठको चिपर्टले हान्दा काठमा गडेको काँटीले काटेको र टाउकोमा तीन वटा टाँका लगाइएको छ भने रखालको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले बताउनु भयो ।
बालसुधार गृहमा भएको यो पहिलो घटना भने होइन् । पटक पटक विभिन्न घटना घटाइरहेका विवादमा परेका किशोरहरूले बाल सुधार गृहको भवनको सिसा समेत तोडफोड, पंखाहरु तोडेको प्रहरीले जनायो ।
६० जनाको क्षमता भएको बाल सुधार गृहमा हाल १ सय १० जनालाई राखिएको छ ।
प्रहरीले असार ७ गते १८ वर्षमाथि उमेर समूहका कानुनको विवादमा परेका हरूलाई स्थान्तरणका लागि सम्झाउन गएको बेला प्रहरीमाथि एक्कासी आक्रमण भएको एसपी रेग्मीले बताउनु भयो ।
किशोरहरूले बाल सुधार गृहमा तोडफोड र बेडमा आगजनी गरे पछि दमकल प्रयोग गरेर आगजनी नियन्त्रणमा ल्याएको छ ।
प्रहरीले घटनास्थलबाट किशोरहरूले प्रयोग गरेको १५ थान मोबाइल, १० वटा फलामको झिर, काठका टुक्रा र चक्कु बरामद गरेको छ ।
प्रहरीमाथि आक्रमण गरेकाे आरोपमा प्रहरीले १७ जना किशोरहरूलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…